नेकपाको काँधमा नेपालका कम्युनिष्टहरुलाई बचाउने जिम्मेवारी आयोः भरत सी

८ माघ, धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपालका गलत बाटोमा लागेका सबै कम्युनिष्टहरुलाई नेकपाको काँधमा बचाउने जिम्मेवारी आएको बताउनु भएको छ ।

नेकपाको सुदूरपश्चिम प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई मंगलवार सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले गलत बाटोमा लागेका नेपालका कम्युनिष्टहरुलाई बचाउने जिम्मेवारी नेकपाको काँधमा आएको बताउनु भएको हो ।

उहाँले नेपालका कम्युनिष्टहरु दलाल संसदीय व्यवस्थाको दलदलमा रुमलिएकाले समाजवादी क्रान्ति अन्योल भएको भन्दै त्यसलाई सच्याउदै समाजवादी क्रान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी नेकपाको भएको बताउनु भयो ।

उहाँले नेपालका कम्युनिष्ट पार्टीहरु समाजवाद भन्ने गरेपनि वास्तविक समाजवादमा जान नचाहेको जिकिर गर्दै सबैलाई समाजवादको बाटोमा लिनु पर्ने अनिवार्य दायित्व नेकपाको भएको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘समाजवाद भनेर मात्र हुदैन, अब कम्युनिष्ट भन्ने शक्तिहरुले समाजवादमा जान तयार बन्नु पर्छ, नत्र समाजवादमा जान नचाहनेहरु कम्युनिष्ट पार्टी हुन पनि सक्दैनन् ।’

उहाँले सुदूरपश्चिम क्रान्तिको उर्बर भूमी भएको बताउदै अझै मलजल गरी क्रान्तिकारीहरु जन्माउन असल कार्यहरु गर्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाली विशेषताको समाजवादका लागि क्रान्तिका सबै मोर्चा प्रयोग गर्न नेकपा तयार भएको बताउदै नेकपा आगामी ०८४ को चुनावमा पनि भाग लिन तयार भएको स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस