दैलेख क्षेत्र नम्वर १ बाट रामलाल विश्वकर्माको उम्मेदवारी दर्ता

७ माघ, कालिकोट । नेकपा (माओवादी) का केन्द्रीय सदस्य रामलाल विश्वकर्माले दैलेख क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । मंगलवार निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
माओवादी केन्द्रीय सदस्य एवं श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष समेत रहनु भएका विश्वकर्मा गुराँस गाउँपालिका–४, सेरी निवासी हुनुहुन्छ ।
झण्डा, ब्यानर सहितको र्याल िलिएर विश्वकर्मा उम्मेदवारी दिन दैलेख निर्वाचन कार्यालय पुग्नुभएको थियो ।
बिश्वकर्माले आफ्नो उम्मेदवारी राष्ट्रिय स्वाधीनता, समाजवाद, संविधान संशोधन तथा संविधान पुनर्लेखन, अग्राधिकार सहितको संघीयता, राज्य पुनर्संरचना, शिक्षा–स्वास्थ्य–आवास–रोजगारी सहित जनजीविकाको शुनिश्चितता, जेनजी युवा पुस्ताको मांग सम्बोधन, भ्रष्टाचारको अन्त्य, बिशेष अधिकार सहित सामाजिक–साँस्कृतिक न्याय एवं समानता र आर्थिक उत्पादन सहितको विकासको लागि भएको बताउनु भएको छ । उहाँले एकपटक जनतालाई भोट दिएर सहयोग गर्न पनि अपिल गर्नु भएको छ ।

रामलाल विश्वकर्मा को हुन ?

रामलाल विश्वकर्मा ( अर्जुन) दिल्ली बिश्वविउद्यालयबाट डिग्री पढेर नेपाल फर्केपछि शिक्षण पेशा गर्दागर्दै नेपाल कम्युनिष्ट पार्टी(माओवादी) द्वारा सञ्चालित जनयुद्धमा भूमिगत भएको व्यक्ति हुनु हुन्छ ।
अध्ययनको क्रममा २०५० सालतिर भारत प्रवासमा प्रवासी नेपाली संगठनमा आबद्ध हुनु भयो ।
२०५३ सालमा नेपाल आएपछि शिक्षण पेशामा रहेर सुर्खेतबाट खुल्ला रुपमा पार्टीमा भूमिका निर्वाह गर्नु भयो ।
उहाँले २०५५ सालमा पार्टीको सेल कमिटीमा रहेर सक्रिय भूमिका निर्वाह गर्नु भयो । २०५७ सालमा भूमिगत भै पार्टीको विभिन्न जिम्मेवारीमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । २०६१ मा जनयुद्धकालीन एफएम रेडियोको डाइरेक्टरको रुपमा भूमिका निर्वाह गर्नु भयो ।
२०६३ मा दैलेख जिल्लाको जिल्ला सचिव र पछि २०६६ मा वैद्य नेतृत्वको नेकपा–माओवादीको जिल्ला इन्चार्जको भूमिका निर्वाह गर्नु भयो । २०६४ मा नेपाल सरकारबाट राष्ट्रिय दलित आयोगको अध्यक्ष नियुक्त भएर जिम्मेवारी वहन गर्नु भयो ।
हाल उहाँ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(माओवादी) को केन्द्रीय सदस्य एवं जनवर्गीय संगठन श्रमिक समुदाय मोर्चा नेपालको केन्द्रीय अध्यक्षको हैसियतमा कार्यरत हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस