सीमित अधिकारको रक्षा र थप अधिकार प्राप्तिको चुनाव हो, सहि फैसला गर्नुः प्रकाण्ड सी

९ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त सीमित अधिकारको रक्षा र थप अधिकार प्राप्तिको चुनाब भएको भन्दै सहि फैसला गर्न जनतालाई अपिल गर्नु भएको छ ।
शनिबार नेकपा (माओवादी)को चुनावी भेटघाटका क्रममा रास्कोटको वडा नम्वर १ हेप्कोट र वडा नम्वर ३ को कुमालवाडामा भएको कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त सीमित अधिकारको रक्षा र थप अधिकार प्राप्तिको चुनाब भएको भन्दै सहि फैसला गर्न जनतालाई अपिल गर्नु भएको हो ।
उहाँले कालिकोटको जनता राजनीतिक जनता भएको र सामान्य नभएको टिप्पणी गर्दै आगामी फागुन २१ गतेको निर्वाचनमा जनताको पार्टीलाई विजय गराउन आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो ‘यो चुनाव स्वाधीनताको रक्षा गर्ने चुनाव हो , जनताको राज्य स्थापना गर्ने चुनाव हो, साम्राज्यवादीहरुले बंगलादेशको चुनाव जस्तो बनाउन खोजेका छन, नवदलाल र पुराना दलालहरु जनताको नेता हराउने षड्यन्त्रमा लागेका छन,यतिवेला कालिकोटको जनताले सहि फैसला गर्नु पर्छ ।’

उहाँले कालिकोटका जनतालाई हराउने डिजाईन अमेरिकाबाट भएको खुलासा गर्नु भयो । नेता प्रकाण्डले कालिकोटको जनतालाई विवेक पुर्याएर फैसला गर्न अपिल गर्दै भन्नु भयो ‘हामीले हारे पनि जिते पनि जनताको पक्षमा संघर्ष गरी रहन्छौ, असमान सन्धी सम्झौता खारेज गर्न र संविधानको पूर्नलेखन गरेर राज्यको पूर्नसंरचना गर्न जनताको नेता जिताउनु पर्छ, कालिकोटको पूर्नसंरचना गर्नु छ, कर्णालीकै पूर्नसंरचना गर्नु छ, देशकै पूर्नसंरचना गर्नु छ,त्यसैले पनि कालिकोटले हार्नु हुदैन, कालिकोटले हारे कर्णालीेले हार्नेछ, कर्णालीले हारे देशले हार्नेछ ।’
नेता प्रकाण्डले नेपालको लोकतन्त्र नभएर अहिले लुटतन्त्र चलेको टिप्प्णी गर्नु भयो । उहाँले केन्द्रदेखि वडासम्म लुटतन्त्र कमिशनखोरहरुको विगविगी भएको खुलासा गर्नु भयो ।
नेता प्रकाण्डले यतिवेलाको चुनाव विगतको जस्तो नभएको उल्लेख गर्दै देशको स्वाधीनताको रक्षा गर्ने र जनताको अधिकारको लागि नेपाली विशेषताको संघीय समाजवादी व्यवस्था स्थापित गर्ने चुनाव भएको बताउनु भयो ।
उहाँले सवै कालिकोटको जनताले आफ्नो संघर्षको इतिहास कायम गर्न पनि चुनाव जित्नै पर्ने बताउनु भयो । नेता प्रकाण्डले त्यसका लागि जनताको नेता जिताएर पठाउनु पर्ने र जनताको नेताको रुपमा आफू चुनावमा आएको बताउनु भयो । भ्रष्ट,दलाल र राष्ट्रघातीहरुलाई भोट नदिन पनि उहाँले सचेत गराउनु भयो । उहाँलाई ठाउँ ठाउँमा जनताले वाजा वजाएर भव्य स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस