सेरी –पानतडी र लालु– लैफू सडकलाई रातो कितावमा प्रकाण्डले पारेका हुनः भृकुटी

९ फागुन,कालिकोट । नेकपा (माओवादी)की नेतृ तथा समानुपातिक उम्मेदवार धिरिन्द्रा उपाध्याय (भुकुटी) सीले सेरी –पानतडी र लालु– लैफू सडकलाई रातो कितावमा प्रकाण्डको पालामा पारेको खुलासा गर्नु भएको छ ।
शनिवार रास्कोटको हेप्कोटका भएको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै उम्मेदवार भृकुटीले सेरी –पानतडी र लालु– लैफू सडकलाई रातो कितावमा प्रकाण्डको पालामा पारेको बताउनु भएको हो ।
‘कर्णाली करिडोरको ट्रयाक खोल्ने काम समेत हामीेले गरेका हौ, प्रकाण्डको नेतृत्वमा वावुराम अर्थमन्त्री हुदा डेलिगेसनमा गएर हिल्सा सडक सुरु भयो, जति विकासका ठुलो योजना सुरु भए सबै प्रकाण्डको पालामा भएका हुन’ उहाँले भन्नु भयो ।
उहाँले प्रकाण्ड छोटो समय पर्यटन मन्त्री हुदा २०० सय जना कालिकोटका सहिद परिवार तथा बेरोजगार युवाहरुलाई एरपोर्टमा रोजगारी दिएको बताउनु भयो ।
नेतृ भृकुटीेले कर्णाली करिडोर र खुलालुको पुल पनि प्रकाण्डकै पालामा स्वीकृत गराई कार्यान्वयनको चरणमा पुगेको दाबी गर्नु भयो ।
विकासका कुरा गर्दा जसले जे भने पनि प्रकाण्डले कोटवाडा एरपोर्टमा ७ करोड बजेट हालेको, विभिन्न पर्यटकीय स्थलमा बजेट हालेको,र ५ जना कर्णालीका व्यक्तिहरुलाई उच्च स्तरमा नियुक्त दिएको बताउनु भयो ।
उहाँले कालिकोटका लागि दक्ष र योग्य उम्मेदवार प्रकाण्ड भएको भन्दै उहाँलाई जिताउनुको विकल्प नभएको बताउनु भयो । जेनजी आन्दोलनका कारण संसदीय व्यवस्था र संविधान असफल भएको बताउदै संविधानको पूर्नलेखन र राज्यको पूर्नसंरचनाको लागि पनि प्रकाण्डले जित्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस