९ फागुन, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) सीलाई रास्कोटवासी जनताले भव्य स्वागत गरेका छन ।
रास्कोट नगरपालिकाको वडानम्वर १,२ र ३ का जनताले बाजा वजाएर भव्य स्वागत गरेका हुन । वडा नम्वर १ को लहरेला, काँडागाँउ, र हेप्कोटमा भव्य स्वागत गरेका छन । रास्कोटको लहरेलामा स्थानीय सहिद परिवार तथा जनताले स्वागत गरेका हुन ।
रास्कोट नगरपालिकाको काँडागाउँ, न्यौपानेवाडा र हेप्कोटका जनताले पनि स्वागत गरेका छन ।

काँडागाउँबाट वाजा गाजा वजाएर रास्कोटी जनताले भव्य स्वागत गरेको नेकपा माओवादीले जनाएको छ ।
हेप्कोटमा दमाह वाजा गाजा बजाउदै स्थानीय जनताले प्रकाण्ड समक्ष खुलेर कुरा राखेका छन । वडा नम्वर एकका जनाले प्रकाण्ड भन्दा अरु सक्षम नेता कोही नभएको भन्दै चुनावमा साथ दिन बताएका छन ।
फुलमाला अविर, तथा खादा लगाउदा प्रकाण्डको घाँटी समेत भरिएको थियो । जनताको न्यानो माया र साथ सहयोगका साथ प्रकाण्डलाई भव्य स्वागत भएको छ ।

