कालिकोटमा युवा संगठनको एरिया भेला सम्पन्न


८ चैत्र, कालिकोट । युवा संगठन नेपाल कालिकोट एरिया न २ को एरिया भेला शनिवार सम्पन्न भएको छ । भेलाले विपिनको अध्यक्षतामा २१ सदस्य एरिया कमिटी निर्वाचित गरेको छ ।
भेलामा युवा संगठनका जिल्ला अध्यक्ष गाविन्द वुढा (आत्मा क्षेत्री)को प्रमुख आतिथ्यता र नेकपा भेक व्युरो सदस्य विराट ,नेकपा का कालिकोट जिल्ला सेक्रटरी पदम विक शाहासी, स्कुलिङ विभाग व्युरो सदस्य किरण र युवा संगठन नेपालका उपाध्यक्ष कल्पना मल्ल विशेष आतिथ्यता रहेको थियो ।
सयौ जनसमुदायको उपस्थितिमा भेला सम्पन्न भएको युवा संगठन नेपालले जनाएको छ ।
भेलामा शुभकामना दिदै विशेष अतिथि विराटले नेपालमा नेपाली जनताले मुक्तिका लागि त्याग,तपस्या र वलिदान गरेको माओवादी पार्टी प्रचण्डले ध्वस्त पारेको वताउनु भएको छ ।
उहाँले दलाल पुजिवादी व्यवस्थामा प्रचण्डले आत्मसमर्पण गरेको भन्दै उनीहरुले गरेको एमाले संगको गलत एकता समाप्त भएको वताउनु भयो ।
उहाँले विगतका शिक्षा समालेर क्रान्तिको अधुरो कार्यभार पूरा गर्ने पार्टी र नेतृत्व नेकपाले जन्माएको दावी गर्नु भयो । उहाले भन्नु भयो देशमा र जनताको मानवता स्थापित गर्ने वैज्ञानिक समाजवादी व्यवस्था नै अहिले को संकट समाधान हो, यसको लागि संयुक्त मोर्चा कसेर अगाडि वढन अपिल गर्दछौ ।
नेकपा कालिकोट जिल्ला सेक्रेटरी पदम विक शाहासीले देशमा अहिलेको संकटको मुलजरा दलाल पूजिवादी संसदवादी संघीय लोकतान्त्रिक व्यवस्था भएको वताउनु भयो ।
उहाँले राजनीति सिद्वान्त भिक माग्ने टोकरी वनाएर राजनीति वदनाम भएको र पदप्रतिष्ठा वा सत्ता शक्तिको लडाईले राजनीतिको उचाई घटाएको वताउनु भयो । वार्ता आत्मसमर्पण नभई वार्ता नेपाली जनताको अग्रगामी राजनीति परिवर्तन गर्ने संघर्षको साधन भएको भन्दै उहाँले वार्ता भाडने प्रतिगामी तत्वले वार्ताको उचाई गिराउने खेल भएको आरोप लगाउनु भयो ।
प्रमुख अतिथि युवा संगठन नेपाल कालिकोट जिल्ला अध्यक्ष गोविन्द वुढाले विद्यमान सरकारले पैदा गरेको भ्रष्टाचार कमिशन, सामाजिक विकृतिका विरुद्ध युवा संगठन नेपालले संघर्ष गर्ने वताउनु भयो । भेलामा विभिन्न पार्टी परित्याग गरि १० जना नेकपा निटक युवा संगठनमा प्रवेश गरेका छन

प्रतिक्रिया दिनुहोस