विश्व मानव जाति वर्तमान समयमा नोभेल कोरोना भाइरस कोभिड १९ का कारण संत्रास भईरहेको छ । विश्वका २१० भन्दा बढी देशहरुमा संक्रमित भई विश्व संकटग्रस्त भएको छ । नेपालमा पनि संक्रमण फैलि सकेको छ । अहिले नेपाल उच्च जोखिममा छ । यो समय भनेको हामी नेपालीहरुका लागी संकटपुर्ण घडी हो ।
कोरोना भाइरस विरुद्ध लड्न सरकारले लकडाउनको घोषणा गरेको छ । मुलुक लकडाउनको अबस्थामा महामारीसंग संघर्ष र प्रतिरोध गरिरहेको छ । छिमेकी राष्ट्र भारत र चिनबाट आवतजावत गर्ने सबै नाकाहरु बन्द गरिएको छ । दैनिक उपभोग्य सामाग्री खाद्यान्नको अभाव छ । असाहाय अशक्त गरि खाने वर्ग, मजदुर, किसानहरु भोकमरीको मारमा छन । महङ्गी, कालोबजारी र लुड धन्दा चलाईएको छ ।
लकडाउनको समय थप भएपछि सरकारले निर्देशन गरे अनुसार स्थानिय सरकार राहतका लागि खाद्य वस्तुहरु खरिद गरेर वितरण कार्यमा जुटेको छ । राहतका नाममा जनताको आखाँमा छारो हाल्ने काम भईरहेको छ ।
यस्तै जुम्ला हिमा गाउँपालिकाले खरिद गरेर ल्याएको चामल र नुनको म्याद नागेको कुराले चैतफि आलोचना भईरहेको छ । खाद्य संस्थासंग मिलेर म्याद नागेको चामल र नुन खरिद गरेको स्थानियले आरोप लगाएका छ । प्यागेजिङ् भएको २ बर्ष भित्रै प्रयोग गरिसकेको हुनुपर्नेमा १ वर्ष पहिल्यै म्याद सकिएको खाद्यान्न बितरण गरेको छ ।
गाउपालिकाले राहत वितरण गर्दै गर्दा म्याद नागेको खाद्यान्न भेटिएकाले स्थानिय त्रसित हुदै यसको छानबिनको माग गरेका छन । छानबिन कार्य अगाडि बढाउदै गर्दा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडढको डिपो कार्यलय नराकोट जुम्लाको पत्र संख्या २०७६÷०७७ र चलानी न.४ को पत्र अनुसार उपभोक्तालाई नुनको गुणस्तरमा शंका लागेमा खाद्य प्रविधि तथा गुणस्तर नाप तौल विभाग निकायबाट उक्त मितिको प्यागेजिङ् नुन ल्याप परिक्षण गराउन चाहेको खण्डमा यो कार्यलय परिक्षणमा समेल गराउन तयार रहेको छ भनिएको छ ।
उक्त नुन प्रयोग गर्न नचाहने उपभोक्ताहरुलाई प्रयोग नगर्न हुन पनि जानकारी गराईएको छ । जस्ले गर्दा लजास्पत, शंका र दैत्यबादी प्रबिधि ऐना झै छर्लङ्ग देखिएकाले हाति आयो हाति आयो फुस्स काले काले मिलेर खाउ भाले झै भएको देखिन्छ ।
गाउपालिका अध्यक्ष रज बहादुर शाहीले संचारक्रर्मि संग बताए अनुसार खाद्यान्न खरिद गर्दा नेपाल सरकारले चिनबाट खरिद गरेको स्वास्थ्य सामाग्री र उपकरणहरुमा भएको घोटला जस्तो बाहिर खरिद गर्दा हुने भएकोले नेपाल खाद्य संस्थान जुम्लाबाट ७ सात हजार क्युन्टल खाद्य बस्तु खरिद गर्ने र हिमा गाउँपालिकाका जनताहरुलाई राहत वितरण कार्य समान रुपमा अघि बढने बताएका थिए ।
मुखमा रामराम बगलीमा छुरा भने जस्तै हिमा गाउपालिकाका जनप्रतिनिधिहरु आफू उम्कनको लागि अन्धभक्त प्रवृत्तिबाट आयोडिन युक्त नुनको अन्तिम मिति हुदैन भनेर जनतालाई भ्रमको खेति गर्नको लागी तर्क गरिरहेका छन् । यदि आयोडिन युक्त नुनको अन्तिम मिति हुदैन भने किन प्यागेजिङ् मिति र २ बर्ष भित्रै प्रयोगमा ल्याई सक्नु पर्नेछ भनेर लेखेको होला ? अन्य खाद्यान्न बस्तुको मिति सकिएपछि प्रयोग गर्नु बीष प्रयोग गर्नु बराबर हो भनेर प्रशासनले किन बेचबिखन गर्ने व्याक्तिहरुलाई कार्वाही गर्छ ?
जनप्रतिनीधिको यस्तो हर्कत र बकबास सुन्दा काही नभएको जात्रा हाडि गाउँ भन्ने उखान टुक्रा जस्तै भएको छ । हिमा गाउपालिका कमिसन र भ्रष्टाचारमा चुर्लुम्ब डुबेको देखिन्छ । गाउपालिकाका कर्मचारी, जनप्रतिनिधि र यिनका हात चाट्ने आसेपासे, नातागोताहरु पनि भ्रष्टाचार, कमिसनखोरी र कालो धन्दाका प्रयोगकर्ताहरु हुन भने कोरोना विरुद्ध र राहतमा भएको घोटालामा मात्रै देख्न सकिन्छ ।
राजनीतिक पाटो भन्दा म हिमा गाउँपालिकाको स्थानिय बासिन्दा भएको हुदा उक्त भ्रमित र आखाँमा छारो हाल्ने कार्यको घोर भत्सर्ना गर्न चाहान्छु । कोरोना विरुद्ध लड्नको लागि ताजा सफा सुगर खाद्य बस्तु उचित गुणस्तरीय खालको प्रवन्ध मिलाउनु पर्ने हो ।
तर उच्च खालको स्वास्थ्य सेवा र सरसफाई चाहिने समयमा मिति सकिएको क्यामिकल युक्त बस्तु बिषाधीमा परिणत हुने भएकाले हिमा गाउँपालिकाका जनताहरुलाई पशु सोसर ब्यबहार गरेर राहतको नाममा वितरण गर्ने निकायका व्यक्तिहरु रक्त पिपाशु र जनतामा कोरोना भाइरस भन्दा खतरनाक हुन भनेर भन्दा फरक नपर्ला ! यस्तो कार्यमा जनतालाई भ्रम छर्नु नै भावी दिनका लागि आफ्नो निधारमा बन्चरो हान्नु सोसर हो ।
सरकारको ढुकुटी भित्रको राहत कोषबाट जनताका नाममा आएको राहत आफ्नो घरको ढुकुटी दिए जस्तो गरेर जनप्रतिनिधि र आसेपासेहरु जताततै उफ्रिरहेका देखिन्छन् र समान तरिकाबाट वर्ग, स्थर र संख्याको आधारमा बाड्नु पर्ने राहत नाताबाद, कृताबाद र जातिबाद तरिकाबाट अनियमित ढङ्गले वितरण कार्य अगाडि बढाएको हुदा राहतलाई सहि र समान रुपबाट वितरण कार्य अगाडि नबढाएमा चेताउनी मुलकको संकेत गर्न चाहान्छु ।
जनतालाई राहतका नाममा वितरण गरिएको सोना मंसुली चामलका केही बोराहरु कुइएको भेटिएको छ भने मिति सकिएको नुनको सहि सत्य निचोड निकाल्नको लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नराकोटलाई जिल्ला प्रशासन कार्यलय जुम्लाले ३ दिन भित्र सत्य तथ्य छानबिन गरि पत्र पठाउने आदेश दिदा प्रशासनले भने जस्तै कुनै विवरण प्रेस नगरेको हुदा युक्त कार्यलयलाई सिलबन्दी गर्ने जिल्ला प्रशासन कार्यालयलाई धन्यवादका साथै सिलबन्दी गरेरमात्र पुग्दैन दोषीलाई कडाभन्दा कडा कारबाही गर्नु पर्छ ।
जनताको स्वास्थ्य माथि खेलवाड गर्नु र ल्याप टेस्टको मिथ्या भरम फैलाउने सम्बन्धित निकायलाई त्यसै छोड्दा जनताले न्याय नपाउनुका साथै यस्ता गैरजिम्मेवारी कार्यहरू फेरी पनि मौलाउने हुदा दोषी निकायलाई पुर्ण छानबिन गरि कार्वाही प्रक्रिया अगाडि बढाउनको लागि जिल्ला प्रशासन कार्यलय जुम्लालाई अनुरोधका साथ अपिल गर्न चाहान्छु ।
स्थानिय तहको निर्वाचनमा पुर्व माओवादी केन्द्रले जिते पछी सिंह दरबारको अधिकार गाउँ गाउँमा आउछ भन्ने सुखि र समृद्ध गाउपालिकाको नारामा मात्र सिमित भै राखेको छ । भने जनताको जन जीविकाको विषयमा केही हेतु र चासो नदिएर जनताको टाउकोमा टेकेर आफ्ना निजि महल घर, घडेरी र कम्युनिष्ट नामक मुकुण्डो लगाएर कालो धनको कमाउनिष्टमा पतित भएका छन् ।भने के
न्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार विचार र भिजन बिहिन गफाडीहरुको थलो भएकाले कुकुरको घाटीमा खसिको टाउको झुण्ड्याएको देखाएर कुकुरको मासु बितरण गर्ने थलो भएको छ । यस्ता सबै घृणित कार्यको दोष कसैलाई नदिएर दलाल पुजीवादी संसदीय व्यवस्थाको उपज ठान्दछु ।
अझै भन्नुपर्दा हिमा गाउपालिका जुम्ला जिल्लाकै १ नम्बर भ्रष्टाचारी गाउपालिकामा पर्दछ । हिमाका जनताको खुन पसिना र ढुकुटीमा रमाएर बोसो लागेका बैलर कुकुरा जस्ता जनप्रतिनिधिहरु भ्रष्टाचार र कमिसन खोरका प्रयोगकर्ता हुन भने जसले गरेका कार्यहरू निम्नलिखित छन् ।
१, रंगशाला निर्माणको नाममा काम नगरेर १५ लाख ।
२, बाघबजार देखि पलता जोड्ने सडक खण्डमा ८० लाखको गुणस्तरीय काम नगरेको ।
३, चिउडी गाउँको लिप्ट सिचाइमा भित्रै सेटिङ् मिलाएको ।
४, हिमा गाउँपालिकाको माध्यमिक तहका ८,९ र १० कक्षाको लाइट बितरणमा रु २०० को लाईटमा १५ सयको बिल मिलाएर शैक्षिक क्षेत्रमा पनि कमिसन गर्नु ।
५, हिमा गा.पा. का सबै विद्यालयका प्रत्येक आधारभुत तहका कक्षाको टकिङ् टिचर प्रोग्राममा ८ हजारको सामाग्री बाढेर १ लाख ५० हजार देखि २ लाख ५० हजार सम्म हिनामिना गरेको ।
६, हिमा पलता सडक खण्डमा छिमेकी जिल्ला कालिकोट पलाताका व्यक्तिहरु समितिमा राखेर १ करोड काम पूरा नगरी मिलोमतोमा संलग्न ।
७, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम कोषका रुपैयाको सहि सदुपयोग नगरेर हिनामिना गर्नु ।
यी सबै हिमा गाउपालिकाका असली भ्रष्टाचार लिप्त उदाहरणीय व्यवहार हुन भने सानो तिनो योजना र अन्य भ्रष्टकार्य त समय आए उल्लेख गरिने नै छ । भ्रष्टाचार, कमिसनखोर, यौनजन्य क्रियाकलाप, अत्याचार जस्ता घृणित भष्ट गतिविधिका कार्य अझै नरोकिपछि यसको ठूलो क्षति हिमा गाउपालिकाका जनप्रतिनिधि, कर्मचारी र संलग्न व्यक्तिहरुले मल्नु पर्ने नै छ ।
भने अझै पनि बेलैमा सचेत नभए जनताका अगाडि ल्याएर कालो कसुरको विरुद्ध जनकारबाही गर्न र अन्याय अत्याचारका विरुद्धमा निधारमा कपन बाधेर वर्ग संघर्ष र जन हितका लागि भौतिक शरिरिक रहदासम्म एक इन्च पछि नहट्ने प्रतिबद्धताका साथ नयाँ बर्ष वि.स. २०७७ साल नोभेल कोरोना भाइरस कोभिड १९ का विरुद्ध सबैको साझा प्रतिरोध संघर्षको बर्ष भएकाले आम हिमा गाउपालिका र जुम्ली निबासी आमाबुबा ,दाजुभाई तथा दिदीबहिनीहरुमा आफ्नो सुनौलो भविष्य निर्माणका लागि न्याय, समनता र बैज्ञानिक समाजबादी व्यवस्था प्राप्तिका लागि एकीकृत र एकजुट भई अघि बढ्नको लागि अपिलका साथ नव बर्ष वि.स २०७७ सालको हार्दिक शुभकामना व्यक्त गर्दछु।