रास्कोटमा कामै नगरेर माओवादी नेता सुवासले १ लाख १३ हजार सरकारी रकम पचाए

७ जेठ, कालिकोट । नेकपा (माओवादी केन्द्र) रास्कोट नगर कमिटीका अध्यक्ष पदम खड्का (सुवास)ले  कुनै कामै नगरी १ लाख १३ हजार बढी सरकारी रकम पचाएको खुलासा भएको छ  ।

श्रम रोजगार बैङ्कको अध्यक्ष हुदा श्रम रोजगार बैङ्क बन्द भएको बेला पनि तलव सेवा सुविधा शिर्षकमा माओवादी नेता सुवासले कामै नगरी १ लाख १३ हजार बढी सरकारी रकम भुक्तानी लिएर पचाएको खुलासा भएको हो ।

नगरसरकारले श्रम रोजगार बैङ्कको अध्यक्षका हैशियतले माओवादी नेता सुवासको नाममा  १ लाख १३ हजार २ सय ९६ रुपैया भुक्तानी दिएको हो ।

आर्थिक बर्ष २०७९।०८० को लेखा परिक्षण प्रतिबेदनले यो रकम वेरुजुको सूचिमा राख्दै यथाशिघ्र सुवासबाट असुल गर्न आदेश दिएको छ ।

 श्रम रोजगार बैङ्कका अध्यक्ष सुवासले  कामै नगरेर सेवा सुविधाको नाममा लाखौंको रकम  लिएको भन्दै लेखापरिक्षण प्रतिबेदनले सम्वन्धित पक्षलाई असुली गर्न निर्देशन पनि दिएको छ ।

लेखापरिक्षण प्रतिबेदनले सुवासको नाममा कामै नगरी दिएको भुक्तानी  अनियमिता र वेरुजु भएको ठहर गरेको छ ।

तर माओवादी नेता सुवासले  यो कुरा अहिलेसम्म सुनेर पनि नसुने जस्तै गरेका छन । एक स्थानीयवासीले जुकाले रगत चुसी मोटाए जस्तै भएका माओवादी नेता सुवास रास्कोटी जनताको बजेट जतिसक्दो चुस्न खोजिरहेको बताएका छन । त्यसमा रास्कोटका नगरप्रमुख धर्मराज शाही (पोषण)ले पनि साथ दिएका छन   ।

लेखापरिक्षकले वेरुजु असुल गर्न आदेश दिएको पनि करिब  २ बर्ष  भयो ।  माओवादी केन्द्रका नेता सुवासले यो कुरा एक कानबाट सुनेर अर्को कानले उडाईरहेका छन  । उनले रास्कोटी जनताको सम्पत्तिमाथि एकल मस्ति गरिरहेका छन ।

कानुनी रुपमा नेता सुवासको नाममा आएको बेरुजु रकम तिर्न अनिवार्य छ । उनले पसिना नबगाएर सरकारी रकम दुरुपयोग गर्नु र  तिर्न आलटाल गर्नु रास्कोटी जनताले तिरेको करमाथि रजाई गर्नु भएको  एक स्थानीयले भनेका छन ।

माओवादी केन्द्रका नेता पोषण नगरप्रमुखमा हुदा रास्कोटमा सुशासनको नभई कुशासनको विउ रोपिएको स्थानीयको आरोप छ ।

 नगरप्रमुख पोषणले नगरका थ्रुपै आयोजनाहरुमा काम नगरेरै माओवादी केन्द्रका नेताहरुको नाममा लाखौं रकम भुक्तानी दिने गरेको गुनासोहरु बढेका छन  ।

काशीचन्द्र वराल नगरप्रमुख हुदा वेरोजगार युवाहरुलाई रोजगार दिन भन्दै २०७४ सालमा श्रम रोजगार बैङ्कको स्थापना गरिएको थियो । यसले सुरुमा केही राम्रो काम गरेपनि पछि कार्यकर्ता भर्ति केन्द्र मात्र बनेको सर्वत्र गुनासो आयो  ।

नगरपालिकामा स्थापना गरिएको श्रम रोजगार बैङ्क २०७९ असोज १२ गते विवादका कारण बन्द नै भयो  ।

तर रास्कोटका नगरप्रमुख  शाहीको ठाडो आदेशमा आफ्नो पार्टीका अध्यक्ष सुवास भएकाले पनि २०७९ को असोज देखि २०८० को असार मसान्तसम्म काम नगरेरै तलव सेवा सुविधाका नाममा भुक्तानी दिएको  नगरपालिका भित्रकै एक कर्मचारीले बताएका छन ।

लेखा परिक्षण प्रतिबेदनमा ०७९ असोज १२ गतेदेखि नगरपालिकामा श्रम रोगजार बैङ्कमा कुनैपनि श्रमिक नभएको र बन्द भएको उल्लेख छ ।

श्रम रोजगार बैङ्कका अध्यक्ष सुवासलाई बन्दको समयमा पनि नियमित रुपमा तलव सेवा सुविधा वापत १ लाख १३ हजार २ सय ९६ रुपैया दिएको भन्दै यथाशिघ्र असुली गर्न लेखा परिक्षणको प्रतिवेदनले औल्याएको छ ।

स्मरहणरहोसः माओवादी नेता सुवास एउटा विवादि नेताको रुपमा स्थापित छन । उनले अन्तरजातीय विवाहका कारण दलित आमाबाट जन्मिएकी आफ्नै छोरीमाथि चरम उत्पीडन गरेका थिए । नागरिकता समेत दिन आनाकानी गरेका थिए । ज्वाला खवरमा समाचार प्रकाशित भएपछि हालै नागरिकतासम्म दिएका छन भने अंशदिन अझै आनाकानी गरिरहेका छन  ।

प्रतिक्रिया दिनुहोस