कायरतापूर्ण भारतीय माओवादीका महासचिव सहित २६ जनाको हत्या

७ जेठ, भारत । भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव नम्बाला केशवराव (बसवराज) सहित २६ जना माओवादीको भारतीय सुरक्षाकर्मीले कायरतापूर्व हत्या गरेको छ ।
साम्राज्यवादी भारतले श्रमजीवी वर्गको मुक्तिको लागि लडिरहेको दाबी गर्ने माओवादी विरुद्ध चलाएको ‘अपरेशन ब्ल्याक फरेस्ट’ का नाममा महासचिव नम्बाला केशवराव (बसवराज) सहित २६ जनाको हत्या गरेको हो ।
छत्तीसगढको नारायणपुर जिल्लामा भारतीय सुरक्षाकर्मी र माओवादी विद्रोहीबिच बुधवार ‘दोहोरो भीडन्त’ भएको भनिएको छ ।
तर भिडन्त नभएर उनीहरुलाई मुठभेडमा मारिएको समाचार श्रोतको दाबी छ । भारतमा विगत ३ दशकदेखि माओवादीले भारतीय साम्राज्यवादका विरुद्ध जनवादी सत्ताका लागि सशस्त्र युद्ध गर्दै आएको थियो ।
भारती साम्राज्यवादले जसरी पनि माओवादी सिध्याउने योजना बनाएको छ । सोही योजना अनुरुप बुधवारको माओवादी नेता सहित कार्यकर्ताको हत्या घटना भएको हो ।

भारतीय माओवादीका महासचिव बसवराज भाकपा माओवादीका उच्च नेतृत्वका साथै, रणनीतिकार, सैन्य योजनाकार र राजनीतिक मार्गदर्शक हुनुहुन्थ्यो । उहाँको हत्याको खवरले विश्वभरका क्रान्तिकारीहरु स्तव्ध भएका छन ।
छत्तिसगढ राज्यका गृहमन्त्री विजय शर्माले ‘ओरछा क्षेत्रमा लगभग ५० घण्टादेखि खोजी अभियान चलिरहेको बेला २६ भन्दा बढी माओवादी मारिएको बताएका छन ।
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले २०२६ को मार्च ३१ सम्म भारतबाट माओवाद पूर्ण रूपमा उन्मूलन गर्ने घोषणा गरेका छन । विश्वका क्रान्तिकारीहरुले साम्राज्यवादी नीति र दमनका विरुद्ध थप जुझारु भएर संघर्ष गर्नु पर्ने बेला आएको भन्दै कायरतापूर्व गरिएको हत्याको घोर भत्र्सना गरेका छन ।

प्रतिक्रिया दिनुहोस