बाँकेमा एकैदिन १७ संक्रमितको मृत्यु

७ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमणबाट बाँकेका १० जना र बाहिरी जिल्लाका सात जनाको मृत्यु भएको हो ।

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३४२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५८७ नमुना परीक्षण गर्दा ३४२ जना संक्रमित थपिएको ओलीले बताउनु भयो । जसमध्ये बाँकेका मात्रै २०६ जना र बाहिरी जिल्लाका १३६ जना रहेका छन् ।

बाँकेमा शुक्रबार ३३८ जना संक्रमित डिस्चार्ज भएका छन् । ओलीका अनुसार १५५ जना महिला १८३ जना पुरुष गरी कुल ३३८ जना संक्रमित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस