दलालपुजीवादी सत्ता र संसदीय व्यवस्था व्यावहारमै असफल र औचित्यहिन ःनेकपा

सरकार र नेतृत्वको नभई व्यवस्थाकै फैसाला गर्नु पर्ने


७ जेठ,काठमाडौं । विप्लव नेतृत्वको नेकपाले नेपालमा दलालपुजीवादी सत्ता र संसदीय व्यवस्था व्यावहारमै असफल र औचित्यहिन भइसकेको दावी गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सुक्रवार वेपत्ता योद्धा दिवसको अवसरमा एक प्रेश विज्ञप्ती जारी गरि अहिलेको संकट कुनै व्यक्तिको भन्दा पनि दलालपूजीवादी सत्ता एवम संसदीय व्यवस्थाको जनविरोधी,प्रतिक्रियावादी अर्थराजनीतिक चरित्र र त्यसको अर्थरानीतिले पैदा गरेको संकट भएको वताउनु भएको हो ।

नेकपाले यो संकटको समाधान नयाँ सरकार वा अर्को चुनावको आयोजना किमार्थ हुन नसक्ने ठोकुवा गर्दै त्यसको विकल्प एकपटक पुजीवाद,दलालपूजीवाद वा वैज्ञानिक समाजवाद भन्ने जनमतसंग्रहमा गएर सरकार र नेतृत्वको नभई व्यवस्थाको फैसाला गर्नु पर्ने वताएको छ ।

नेकपाले वार्ताका क्रममा तीन वुदे समहमति हुदा पनि यो विचार राखेको स्मरण गर्दै तीन वुदे सहमति अनुसार वन्दी रिहाईमा ढिलाई भएको भन्दै सरकारलाई सहमति कार्यान्वयमा ध्यान दिन आग्रह गरेको छ ।

जारी विज्ञप्तीमा वेपत्ता योद्धा प्रति स्मरण सहित उच्च सम्मान गर्दै शहिद परिवारमा समवेदना व्यक्त गरिएको छ ।

नेकपाले विज्ञप्तीमा भनेको छ “लोकतन्त्र र गणतन्त्रलाई सिरानी हालेर वसेका कुनै पनि संसादवादी पार्टीहरुको कार्यसूचीमा वेपत्ता योद्धा छैनन् भन्ने सत्य उनीहरु वारम्वार सरकारमा पुग्ने र फर्किने चक्रले कुनै निर्णय नहुनुले स्पष्ट गर्छ । उनीहरुलाई केवल सरकार,कर्सी,मन्त्री र कमिशनको मात्र मतलव छ ।”

विज्ञप्तीको पूर्ण पाठ

 

 

प्रतिक्रिया दिनुहोस