एनआईसी बैङ्कका पीडितको सहमति कार्यान्वयमा ढिलाई,पत्रकार माथि समेत धम्की

४ भाद्र,सुर्खेत । एनआईसी एशिया बैङ्कले सहमति कार्यान्वयनको प्रक्रिया अगाडि नबढाएपछि सुर्खेतका बैङ्क पीडित दुई जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी गरेका छन ।

एनआईसी एशिया बैङ्कले सुर्खेतका अमर बहादुर चौधरी र गणेश थारुलाई बैङ्कमा खाता खोल्न लगाएर करिव २१ लाख रुपैयाको टाउकोमा ऋण थुपारेको थियो ।

एक जना कोल्डस्टोरका कारोबारी दिपक रोकायाले आफ्नो नाममा निकालेको ऋण बैङ्कका कर्मचारी संगको मिलेमत्तोमा अमरको नाममा ९ लाख ५० हजार र गणेशको नाममा ११ लाख ४० हजार गरी २० लाख ९० हजार रुपैया ऋण देखाइएको थियो ।

यो देखाईएको नक्कली ऋणले दुवै जना बैङ्कबाट पीडित भएका थिए । पीडित पक्ष, बैङ्क र कोल्डस्टोरका कारोबारी दिपक रोकाया बीचको छलफलवाट ऋण दिपककै नाममा फर्काउने र पीडितको कालो सूचीको नाम हटाउने सहमति भएको थियो ।

नेपाल कम्युनष्टि पार्टीको विशेष पहलमा नेकपाको पार्टी कार्यालयमै साउन ३१ गते भएको छलफलबाट यस्तो सहमति भएको थियो । सहमति कार्यान्वयनमा बैङ्कले ढिला सुस्ती गरेकाले पीडितहरु आक्रोशित भएका छन ।

उनीहरुले सहमति कार्यान्वयसंगै आफूलाई फसाउने दोषि माथि कानुनी कार्वाहीको माग राखेर जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार निवेदन गदिने तयारी गरेका छन ।

एनआईसी एशिया बैङ्क सुर्खेत शाखाका ऋण शाखा प्रमुख विमल रोकायाले भने समस्या कसरी आयो ? आफू पनि अनभिज्ञ रहेको भन्दै सवै जनाको सहयोगमा समस्या समाधान गर्नु पर्ने ज्वाला खवरसंग संक्षिप्त प्रतिक्रिया दिनु भयो ।

पत्रकार माथि धम्की

एकआईसी एशिया बैङ्कको बदमासी सम्वन्धि समाचार प्रकाशित भएपछि ज्वाला खवरको पत्रकार अशोक शाही माथि केही व्यक्तिहरुले धम्की दिन थालेका छन ।

ज्वाला खवर डट्कममा यहि भाद्र १ गते सुर्खेतमा एनआईसी एशिया बैङ्कको कर्तुतः ‘खाता खोल्न लगाई ग्राहकको खातामा २१ लाख ऋण’ भन्ने शिर्षकको समाचार प्रकाशित भएपछि ज्वाला खवरको पत्रकार माथि धम्की आएको हो ।

सुर्खेतका शिव बम,बिमल रोकाया सुरेश शाही, भुवन खत्री लगायतको केही व्यक्तिहरुले धम्की दिएका हुन । उनीहरुले यसरी किन समाचार लेखेको बाँच्ने विचार छ कि नाई ? भनेर धम्की दिएको पत्रकार अशोक शाहीको भनाई छ । फोन तथा स्टाट्सवाट धम्की आउने गरेको छ ।

यो स्टाट्स 

 

प्रतिक्रिया दिनुहोस