काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले नेपाली विशेषताको समाजवादको नेतृत्व नेकपाका महासचिव विप्लव सी वाहेक अरुले गर्न नसक्ने दाबी गर्नु भएको छ ।
सल्यान–काठमाडौं समाजवादी मञ्चको प्रथम साधारण सभालाई शनिवार काठमाडौमा सम्वोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुशिल सीले यस्तो दाबी गर्नु भएको हो ।
‘समाजवादको नेतृत्व गर्ने नेता नेपालमा कोही छ त विप्लव हुनुहुन्छ, अरु मैले देख्दैन, अरु सबै नेताहरुको व्यवहार जनताले हेरिसकेका छन’ उहाँले भन्नु भयो, ‘अव नेपाली विशेषताको समाजवादको नेतृत्व विप्लवले गर्नु पर्छ, ३ करोड नेपाली जनताले एकपटक चाहेकको नेता विप्लव हुन ।’
कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका नेता सुशिलले माओवादी केन्द्रसंगको एकताको कुरा कुनै स्वार्थ केन्द्रीत एकता हुन नहुने बताउनु भयो ।
उहाँले केपी –प्रचण्ड र वैद्य–धर्मेन्द्र जस्तो एकता नेपाल कम्युनिष्ट पार्टीले माओवादी केन्द्रसंग नचाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो ‘व्यक्तिगत रुची र चाहाना सबैका आ–आफ्नै होलान, तर देश,जनता र वर्गले मागेको एकता निशर्त हुनु पर्छ, अनि नेपाली विशेषताको समाजवादमा पुग्न सकिन्छ ।’
उहाँले नेपालमा दलाल संसदीय व्यवस्था नै वर्तमान व्यवस्थाको अस्थीरता भएको टिप्पणी गर्दै संविधानमा निर्वाचन प्रणााली संशोधन गरेर समाजवाद नआउने ठोकुवा गर्नु भयो ।
उहाँले भन्नु भयो ‘कांग्रेस एमालेले समानुपातिक र समावेशीताको व्यवस्था संविधानबाट हटाएर परिवर्तन हुदैन, यसरी संविधान संशोधन गर्नु पश्चगामी कदम हो, कसैले पनि अग्रगामी सोचले संशोधन गर्न पाईन्छ ।’
उहाँले नेपालमा एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले देशलाई परनिर्भर बनाएको बताउनु भयो । उहाँले नेपालका सबै राष्ट्रवादी शक्तिहरु एक भएर राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयन प्रक्रिया रोक्नु पर्ने तर्क गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस