५ असोज,कालिकोट । तिव्रिकोट मिडिया प्रालि द्धारा संचालित अनलाईन न्युज खवर दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ असोज ५ गते कालिकोटको मान्म खाडाचक्र ठेगाना राखि दर्ता भएको तिव्रिकोट मिडिया प्रालि अन्तरगत अनलाईन न्युज खवर आज वाट दुई वर्षमा प्रवेस गरेको हो ।
आफ्नो स्थापना दिवसको अवसरमा तिव्रिकोट मिडिया प्रा.लि तथा अनलाईन न्यज खवरका अध्यक्ष तथा प्रबन्ध निर्देशक विश्वनाथ सिम्खाडाले सम्पूर्ण ग्राहक, पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
अनलाइन न्युज खवरले कालिकोटमा अग्रणी भूमिका खेलेकोे भन्दै सिम्खाडाले संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता वारे नागरिकलाई सही सूचना दिनु र सुसूचित जनमत निर्माणमा अनलाइन न्युज खवर लागि परेको बताउनु भयो ।
पाठकहरुका रुचि र सरोकारलाई आत्मसात गर्दै आफ्ना सामग्रीहरुलाई थप विविधिकरण गर्ने र अझ अनुसन्धान मूलक बनाउँदै लैजाने प्रतबिद्धता व्यक्त गर्दै अध्यक्ष सिम्खाडाले मुलुकको अग्रणी व्यावसायीक सञ्चार प्रतिष्ठान भएकाले यो राष्ट्रको विकासमा अभिन्न रुपले जोडीएको उल्लेख गर्नु भयो ।
अनलाईन न्यूज खवर राजनीति देखी स्थानीय जनजीविकाका सवालहरुमा कलम चलाउदै पत्रकारिताको आचारसंहितामा रहि विभिन्न खालका जोखिम संगै चुनौतिको सामान गर्दै दुई वर्षमा प्रवेश गरेको छ ।
देशभरिको अनलाइन मिडियाको तुलनामा एलेक्जा ¥याकिङको सात सय ३४ औँ मा पर्न सफल भएको छ । यस्तै अनलाइन न्युज खवरको पेजमा २४ हजार बढिले फलो गरेका छन ।
यसको अध्यक्षमा विश्वनाथ सिम्खाडा, व्यवस्थापकमा निरा कुमारी बोहोरा, सम्पादकमा हिक्मत सिम्खाडा, वरिष्ट संवाददातामा टिकाराज उपाध्याय र ९ वटै स्थानीय तहमा स्थानीय संवाददाता रहेका छन । यसको प्रधान कार्यालय सदरमुकाम मान्मको विच बजारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस