पत्रकार महासंघद्धारा रास्कोट नगरप्रमुख शाहीले पत्रकारलाई धम्की दिएको घटनाको कडा भत्सर्ना


४ कार्तिक,सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले रास्कोट नगरपालिका मेयर धर्मराज शाहीले पत्रकार लंक धमालालाई दिएको धम्कीको कडा निन्दा एवम भत्सर्ना गरेको छ ।

महासंघका कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले सुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी मेयर शाहीको कदमप्रति कडा निन्दा एवम भत्सर्ना गर्नु भएको हो ।

महासंघंले पत्रकार धमालाबाट नगरपालिकाको सेवा प्रवाह प्रभावकारी नभएको र नगरको सम्पत्ति संरक्षण नभएको स्थलगत भिडियो रिपोर्टिङ्ग सार्वजनिक गरेपछि पत्रकार धमाला माथि गाली गलौज गर्ने,फोन गरेर धम्की दिने र तर्साउने गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

महासंघले पे्रश स्वतन्त्रता विरोधी यो घटनाको कडा शव्दमा भत्सर्ना गर्दै धम्की दिने व्यक्तिलाई कार्वाहीको दायरामा ल्याउन सरकारसंग माग गरेको छ ।
स्मरणरहोसःनगरप्रमुख शाहीको लागि केही समय अगाडि पत्रकार धमाला निकै प्रिय पात्र हुनुहुन्थ्यो । मेयर शाहीले पत्रकार धमालाई क्यामेरा,मोवाईल समेत किनिदिएको र भिडियो डकुमेन्ट्री बनाउन रुपैया दिएको खुलासा गर्नु भएको छ । उहाँले डकुमेन्ट्री नबनाएर पैसा लिएको भन्दै फेसवुकवालबाट मोवाईल,क्यामेरा र रुपैया फिर्ता गर्नु पर्ने भन्दै लेख्नु भएको थियो ।

नगरप्रमुखको सचिवालयबाट लेखिएको या स्टाट्स

प्रतिक्रिया दिनुहोस