४ कार्तिक, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले मनपुरा दर्जिकाे असमायिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपा कालिकोटका जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी बलवान् सीले आइतबार संयुक्त शोक वक्तव्य जारी गर्दै आमा मनपुरा दर्जिकाे निधनले पार्टीलाई अपूरणीय क्षेती पुगेको भन्दै दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन ।
नेकपा कालिकोटले जारी गरेको शोक वक्तव्यमा भनेको छ ‘कालिकोट जिल्ला शान्नित्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्रा निवासी तथा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी शान्नित्रिवेणी गाउँ कमिटी सदस्य उदय सीकाे आमा मनपुरा दर्जिकाे असाेज ३० गतेका दिन ६० वर्षको उमेरमा भएको असमायिक निधनले हाम्रो पार्टी जिल्लालाई स्तब्ध बनाएको छ । हाम्रो पार्टी सदस्य मनपुरा दर्जि प्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौ ।’
नेकपाले शोक वक्तव्य मार्फत शोकमा रहेका घरपरिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको छ । पार्टीले आमा मनपुराले महान जनयुद्ध र एकीकृत जनक्रान्तिमा आमा पुर्याएकाे योगदानको उच्च कदर गर्दै सम्मान व्यक्त गरेको छ ।
शाेक वक्तव्य