देशभर थपिए ५ हजार ७४३ जना कोरोना संक्रमित


कार्तिक ५ काठमाण्डौ । पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २० हजार ११८ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, कोरोना मुक्त हुनेको संख्या २ हजार ९९६ जना भएका छन् भने २६ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ रहेको छ । जम्मा मृत्यु हुनेको संख्या ७ सय ९१ रहेको छ । निको हुनेको संख्या लगभग १ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस