कारबाही सिफारिस गरेका व्यक्तिहरुलाई तत्काल मुद्दा चलाउनुपर्छ ः शर्मा


कार्तिक ५ काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बतानु भएको छ ्।
विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग गरेको तर कारबाहीका लागि सिफारिस हुँदासमेत पदको लाभ लिइरहेका व्यक्तिहरुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत तत्काल मुद्दा चलाउनुपर्ने शर्माको भनाइ छ
मानवअधिकार आयोगले २०५७ जेठदेखि ०७७ असारसम्म विभिन्न समयमा भएका घटनाका २ सय ८८ जना दोषीको नाम नै किटान गरी कारबाहीका लागि सिफरिस गरेको छ । बुधबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै निवर्तमान अध्यक्ष शर्माले आयोगले सिफारिस गरेका व्यक्तिहरुमाथि अनुसन्धान गर्नका लागि भए पनि मुद्दा चलाउनैपर्ने बताउनु भयो । मुद्दा दायर गर्दा दण्डहिनता घट्ने भएकाले पनि आयोगले सिफारिस गरेका व्यक्तिहरुमाथि मुद्दा चलाउनुपर्ने उहाँको भनाइ छ ।
पछिल्ला केही समय यता जिल्ला अदालतबाट छिनिएका जघन्य अपराधका सरकारवादी मुद्दाहरु माथिल्लो तहमा अपिल नहुने गरी फैसला गर्ने र मिलापत्र गराउने गरेको पाइएको शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस