कोरोना संक्रमणबाट वरिष्ठ सर्जन मुडभरीको निधन

६ मंसिर, काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ ।
शर्माको ७७ वर्षको उमेर शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उहाँ १५ दिनयता संक्रमणसँग जुधिरहनु भएको थियो । अस्पतालका अनुसार उहाँलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।
तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाउनु भएका उहाँले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस