बैतडीमा प्रहरी चढेको जीप दुर्घटना ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक

५ मंसिर, बैतडी । बैतडीको पाटनमा मतपेटिका पु¥याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था गम्भीर रहेको छ । मृतको संख्या वढन सक्ने वताईएको छ ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जिपमा सवार रहेका १२ जना मध्य ३ जनाको घटना स्थलमै मृत्यु भएको हो ।

उनीहरुको शव निकालिएको छ । दुर्घटनामा परी ६ घाईते भएका केहीको पहिचान भएको छ ।

घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत लगायत रहेका छन् । घाइतेहरुलाई थपउपचारका लागि कोहलपुर पठाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस