स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई जिताउनु होस्ः प्रकाण्ड सी

८ माघ, कालिकोट । नेकपा.(माओवादी)का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)ले देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिएर जिताउन जिल्लावासी जनतालाई अपिल गर्नु भएको छ ।
नेकपा(माओवादी) कालिकोटको कार्यकर्ता चुनाबी प्रशिक्षण कार्यक्रमलाई बुधवार मान्ममा सम्वोधन गर्दै माओवादी प्रवक्ता प्रकाण्डले देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिएर जिताउन जिल्लावासी जनतालाई अपिल गर्नु भएको हो ।
‘देश विदेशीहरुको हस्तक्षेपमा छ, विदेशीको नुनपानी खानेहरु नयाँ जोगीको रुपमा चुनाबमा आएका छन’ प्रवक्ता प्रकाण्डले भन्नु भयो, ‘स्वाधीनताको रक्षाका लागि यो देशमा वास्तविक माओवादी जीवित छ, यो देशको रक्षाका लागि जनतामा अपिल गर्न आएको छ, सडक र सदनबाट पनि देश बचाउने अभिायनमा यो पार्टीले लड्नेछ, यो पटक जनताले गुलाफ चिन्हमा मतदान गरेर हामीलाई जिताउनु होला ।’

उहाँले जिल्लाका नेता कार्यकर्ताहरुलाई जनताको घर –घरम पुगेर यो कुरा बुझाउन आग्रह दिर्दै चुनावमा वास्तविक माओवादी र देशभक्तशक्तिहरुले जीत्ने गरेर लाग्न निर्देशन दिनु भयो ।
माओवादी प्रवक्ता प्रकाण्डले विगतको जस्तो संसदीय चुनाव नभएर देश बचाउने वा देश विदेशीहरुलाई दिने के गर्ने ? भन्ने अन्तीम फैसला गर्ने चुनाव भएको जिकिर गर्नु भयो ।
कालिकोटवासी जनतालाई जनयुद्ध र हरेक क्रान्तिमा गरेको योगदानप्रति सम्मान व्यक्त गर्दै सहिदको सपना पुरा गर्न र समाजवादी क्रान्ति पुरा गर्न वास्तविक माओवादीलाई जिताउनुको विकल्प नभएको स्पष्ट पार्नु भयो ।
उहाँले बेला –बेला चुनाव जितेर भ्रष्टाचार गर्ने, व्यक्तिगत स्वार्थमा लाग्ने नेतालाई उचित जवाफदिन पनि कालिकोटवासी जनतालाई अपिल गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस