अनेम संघ (क्रान्तिकारी) पचालझरना गाँउ कमिटीको अध्यक्षमा सरिता बिक

माघ ८, कालिकाेट । विप्लव नेतृत्वको नेकपा निकट अनेम संघ (क्रान्तिकारी) पचालझरना गाँउ कमिटीको प्रथम भेलाले सरिता बिकलाई सवर्सहमत अध्यक्षमा निर्वाचित गरेको छ ।

शुत्रबार सम्पन भेलाले सरिता बिकको अध्यक्षतामा २१ सदस्यीय गाँउ कमिटी चयन गरेको हो । भेलाले उपाध्यक्षमा केशा ऐडी, सचिव ममिता न्यौपाने, कोसाध्यक्ष निर्मला गिरी सहित २१ सदस्यीय गाँउ कमिटी निर्वाचित भएको जिल्ला सेक्रेटरी रणदिपले जानकारी दिनुभएको छ ।

पचालझरनाको लाफामा सम्पन भेलाले ७ बुद्दे महिला हिंसा र अधिकारका लागि संकल्प प्रस्ताव पास गरेको नव निर्वाचित अध्यक्ष सरिता बिकले बताउनु भयो । नव निर्वातित कार्यसतिलाई अविर आवरण गर्दै जिल्ला सेक्रेटरी रणदिपले बधाई तथा धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य मिनेश, नेपाली प्रगतीशिल मोर्चाका केन्द्रीय सदस्य जस बहादुर बोगटी र गाउकमिटी ईन्चार्ज दिलमानको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस