क्रान्तिमा नयाँ विकास गर्ने एकीकृत जनक्रान्तिको स्कुल होः विषम सी

१० फागुन, जुम्ला । नेकपाका स्थायी समिति सदस्य तथा लुम्विनी प्रदेश इन्र्चाज विषम सीले क्रान्ति गर्ने मात्र नभई नयाँ विकास गरेर सफलतासम्म लिने स्कुल एकीकृत जनक्रान्तिको स्कुल भएको बताउनु भएको छ ।
नेकपा कर्णाली प्रदेशले जुम्लामा संचालन गरेको ५ दिने स्कुलिङ्ग कार्यक्रमको समापन कार्यक्रममा वोल्दै स्थायी समिति सदस्य विषम सीले क्रान्ति गर्ने मात्र होईन नयाँ विकास गरेर सफल पार्ने स्कुल नै एकीकृत जनक्रान्तिको स्कुल भएको बताउनु भएको हो ।
उहाँले क्रान्ति गर्ने भन्ने तर विकास नगर्ने, क्रान्ति सफलतासम्म पनि नपुर्याउने स्कुल क्रान्तिकारी स्कुल नभएको भन्दै क्रान्तिका नयाँ स्कुल आवश्यक भएको बताउनु भयो ।
उहाँले राजनीतिक क्रान्ति संंगै आर्थिक क्रान्ति र सांस्कृति क्रान्ति गर्नु पर्छ भनेर नेकपाले नयाँ स्कुलको विकास गरेको दावी गर्नु भयो ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य कर्णजीत बुढाले पार्टीको नयाँ जिम्मेवारी पुरा गर्न आग्रह गर्नु भयो ।
उहाँले स्कुल नयाँ भएको भन्दै स्कुलमा सिकेको कुरा व्यवहारमा लागु गर्न निर्देशन दिनु भयो । समापन कार्यक्रममा नेकपाका स्कुल विभागका प्रमुख भेषराज सीले स्कुलले नयाँ ज्ञान दिएको बताउनु भयो । उहाँले समय अभाव भएपनि स्कुल राम्रो भएको बताउनु भयो ।
स्कुलिङ्ग गत फागनु ६ गते देखि चलेको थियो । स्कुलमा दर्शन, अर्थशास्त्र, वैज्ञानिक समाजवाद, समाज विज्ञान, भौतिक विज्ञान लगायतका वारे विषयगत ज्ञान दिएको थियो । स्कुलमा कालिकोट, जुम्ला, मुगु र हुम्लाका गरी करिव ४० जनाका सहभागीता रहेको थियो ।
कार्यक्रममा नेकपामा नेकपाका स्थायी समिति सदस्य तथा प्रशिक्षक भरत सी, प्रशिक्षक असल, तिर्थ, प्रयास सी लगायतको सहभागीता रहेको थियो ।
नेकपाका स्थायी समिति सदस्य सुशिल सीको अध्यक्षतामा सम्पन्न कार्यत्रमको संचालन विवेक सीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस