कोरोना त्रास : कालिकोटमा नुन लिनेको भिड

चैत्र ९, कालिकोट । विश्वभर फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले नुन डिपो कालिकोटमा नुन लिनेहरूको भिड लागेको छ ।कोरोना भाइरस संकमणका कारण कार्यालय बन्द हुन्छ कि भन्ने चिन्ताले गाउँनै उर्लेर सदरमुकामको नुन डिपोमा नुन लिनेको घुइँचो लागेको हो ।

जिल्लाको एक मात्र नुनको डिपोमा गाउँगाउँबाट नुनलिन, स्थानि कार्यालयमा लाईनमा लागेका छन । नुन डिपो कार्यालयका प्रमुख डम्वर वुढाले भन्नु भयाे, ‘हिजो अस्तिका दिनभन्दा आजको दिनमा नुन लिनेको सोचे भन्दा वढिनै घुइँचो छ । अहिले लाइनमै पाँच सय भन्दा बढि छन् । हिजो अस्तिका दिनमा दैनिक ४/५ जना नुन लिन आउँथे, आज भने नुन लिनेको भिड छ, हामीले सुचना पनि दिएका छैनौँ, खै कोरोना भाइरसका कारणले होला, यति धेरैको संख्यामा नुन लिन आएको ।

उहाँका अनुसार अहिले सम्मकै उच्च हो, नुन लिन आएको । नुन लिनका लागि आउनु भएकी नरहरिनाथ गाउँपालिका वडा नं ८ निवासि कल्पना बिस्टले  ‘पाँच छ पाकेट नुन लिन दुई हजार खर्च गरेर आउनु परेको गुनासो गर्नु भयाे । सबै सेवा स्थानिय तहमा गएपनि नुन लिन अझैपनि जिल्लामै आउनु परेको छ । एक सयको नुन लिन दुई हजार खर्च गर्नु पर्दा दुख लागको छ । कहिले त स्थानिय सरकारको महसुस पनि भएको छैन ।’

प्रतिक्रिया दिनुहोस