जनयुद्धमा मन्दिर भत्काउन आदेश दिने प्रभाकरले गरे चर्चको शिलान्यास

 

८ चैत्र,काठमाडौ । के तपाईलाई थाहा छ ? कुनै वेला नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर)ले के भन्थे ? आज उनले के गरिरहेका छन ?

उनले जनयुद्धको समयमा यस्तो भन्ने गर्थे “पुजा पाठ गर्नु हुदैन, यो रुढीवादी हो, जनवादी संस्कृतिको निमार्ण गर्नु पर्छ, मानव सेवा नै धर्म हो , मन्दिर भत्काउनु होस,सहिदका स्मृति भवन वनाउनु होस, इसाई धर्म अमेरिकी धर्म हो,साम्रज्यवादी धर्मको रुपमा नेपाल आएको छ आदि ।”

त्यतिमात्र होइन नेता शर्माकै ठाडो आदेशमा अधिकाँस पश्चिम तिरका जिल्लाहरुका गाउँ गाउँका सार्वजनिक मठ मन्दिरहरु भत्किए ।

मन्दिरमा भएका मुर्ति,घाँट,घण्ट लगायतका वहुमुल्य सामानहरु ध्वस्त पारिए । ऐतिहासिक पुरातात्विक महत्वका सम्पतिहरु पनि नष्ट पारिए । धामी झाँक्रि माथि समेत अमानविय व्यवहार प्रदर्शन गरिए । त्यो पनि सोझा सिधा कार्यकर्ताहरु प्रयोग गरेर । यस्तो भन्ने तीनै नेता कहाँ पुगे विचार गर्नुहोस् त ।

तीनै नेकपा माओवादी केन्द्रका नेता प्रभाकार आफ्नो आदर्श विर्सदै हिड्ेका छन । त्यसको ठिक विपरित कार्य गरिरहेका छन ।
त्यसको ज्वलन्त उदाहरणको रुपमा नेपालको गाउँ गाउँमा विकृतिको रुपमा जवर्जस्त धर्म परिवर्तन गराउदै हिड्ने र चर्च वनाउदै हिड्ने इसाईहरुको चर्च शिलान्यास गरेर ।

आफ्नै गृह जिल्ला रुकुम पश्चिमको मुसिकोटमा सोमवार इसाई धर्मलम्वीहरुको एक चर्चको शिलान्यासमा प्रभाकर सहभागी भए ।
उनले चर्चको शिलान्यास मात्र गरेनन् प्रदेश सरकारवाट ३० लाख रुपैया समेत हाल्न लगाए ।
तीन तले अत्यााधुनिक डिजाईनमा निमार्ण हुन लागेको चर्चको लागत खर्च झण्डै तीन करोड रुपैया पुग्ने अनुमान गरिएको छ । गाउँमा राम्रो विद्यालय छैन, खानेपानी छैन, स्वास्थ्य संस्था छैन । तर चर्चको लागि मोटो रकम कुनै अभाव भएन ।
शिलान्यास कार्यक्रमा अर्थमन्त्री शर्माले केन्द्र सरकारवाट निमार्ण कार्यमा लाग्ने वाँकी रकम पनि हालिदिने वचन दिएका छन ।
कुनै वेला सवै धर्मको विरोध गर्ने र मानव सेवा मात्र धर्म हो भन्दै हिड्ने नेताले कम्युनिष्ट आदर्श विर्सेर चर्च उद्घाटन गर्नु जाहेज नभएको स्थानीयवासीहरुले वताएका छन । नेताहरु विचारमा विचलित हुनुको कारण आज राजनीतिक,सामाजिक,साँस्कृति र आर्थिक रुपमा विचलन देखिएको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन ।
चर्च मुसिकोट नगरपालिकाको वडा नम्बर १ मूलखोलामा ‘मुसिकोट एजी चर्च’ को नामवाट निमार्ण हुन थालेको छ ।

नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्मा पनि अर्थमन्त्री प्रभाकरका नातेदार हुन । जसले गर्दा चर्च वनाउनमा ठुलो धनरासी खर्च गर्न अर्थमन्त्री लागेको खुलेको छ ।

क्रान्तिकारी संस्कृति र संस्कार वाट विचलित भएका नेता प्रभाकरले चर्चको शिलान्यास गर्नु साँस्कृति विचलन संगै आफ्ना आसेपासेहरुलाई धर्मका नाममा मोटो रकम खुवाउने ग्राइनडिजाईन भएको केही स्थानीयको भनाई छ । नेता प्रभाकर वेला वेला विवादमा तानिएका नेता हुन ।

उनले जनमुक्ति सेनाको रुपैयाले किनेको काठमाडौको जनमैत्रि अस्पताल पनि १अर्व २५ करोडमा वेचेर खाएको केही समय पहिला सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस