८ जेठ, बाँके । नेपालम कम्युष्टि पार्टी बाँकेले बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा कोहलपुरको जनज्ञानज्योति माध्यमिक विद्यालयका जेहेन्दार छात्रा छात्रहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
आईतवार विद्यालयको प्राङगडमा एक कार्यक्रमको आयोजना गरी नेकपा बाँकेले २० जना छात्रा छात्रहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
जनयुद्धका क्रममा राज्यले क्रान्तिकरी परिवर्तनको आन्दोलनमा लागेका थुपै्र योद्धाहरुलाई वेपत्ता वनाएको र उनीहरुको अवस्था अहिले सम्म सार्वजनिक नभएको भन्दै नेकपा वाँकेले तत्काल अवस्था सार्वजनिक गर्न माग पनि गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा वाँकेका इन्चार्ज रणदिप सीेले सम्वोधन गर्दै परिर्वतनको आन्दोलनमा थुप्रै विद्यार्थी भाई बहिनीहरु नै वेपत्ता भएको र उहाँहरुको अवस्था तत्काल सार्वजनिक गर्न माग गर्नु भयो ।
फेरी पनि परिवर्तनको आन्दोलन नरोकिएको उल्लेख गर्दै इन्चार्ज रणदिपले वेपत्ता योद्धाको सम्झनामा सानो भएपनि चिनो स्वरुप शैक्षिक सामग्री वितरण गरिएको र त्यसलाई सहज रुपमा स्वीकार गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथि नरेश शाहीले शैक्षिक क्षेत्रको विकासको लागि नेकपा सधै लागि पर्ने वताउनु भयो । अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्मा,शिक्षक राम प्रसाद चपागाईले बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पार्टीले राखेकोमा धन्यवाद दिनु भयो ।
अखिल क्रान्तिकारी बाँकेका संयोजक राकेश सीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।