८ असार, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी सहित विभिन्न ९ राजनीतिक पार्टी र केही वाम बुद्धिजीवीहरुले इरानमाथि अमेरिकी आक्रमणको घोर निन्दा एवम भत्र्सना गरेका छन ।
उनीहरुले युद्धको विरोध गर्दैशान्तिको पक्षमा ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक आव्हान गरेका छन ।
आईतवार संयुक्त एक प्रेश वक्तव्य जारी गर्दै विभिन्न ९ राजनीतिक पार्टी र केही वाम बुद्धिजीवीहरुले इरानमाथि इजरायली र अमेरिकी आक्रमणको घोर निन्दा एवम भत्र्सना गर्दै यो गम्भीर युद्ध अपराध भएको दाबी गरेका छन ।
विभिन्न ९ राजनीतिक पार्टी र केही वाम बुद्धिजीवीहरुले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘गयरातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ । यो गम्भीर युद्ध अपराध हो । यसको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौँ ।’
वक्तव्यमा अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिएको भन्दै यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको उल्लेख गरिएको छ ।
राजनीतिक दल तथा वामबुद्धिजीवीहरुले विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोज्न सम्बद्ध सबै पक्षहरुसँग जोडदार आव्हान गरेका छन ।
‘साम्राज्यवादी विश्वयुद्ध र युद्धआतंकको विरोध गर्दै अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गरिनु पर्दछ भन्ने पक्षमा छौं र विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोजिनु पर्दछ भनि सम्बद्ध सबै पक्षहरुसँग जोडदार आव्हान गर्दछौ’ं राजनीतिदल तथा वामबुद्धिजीवीहरुले जारी गरेको वक्तव्यमा भनिएको छ ।
राजनीति दल तथा वामबुद्धिजीवीहरुले अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग जोडदार माग समेत गरेका छन ।
गतवर्ष इजरायली विस्तारवादले प्यालेष्टाइनमाथि आक्रमण गरेर प्यालेष्टाइनको गाजालगायतका क्षेत्रहरुमा नरसंहार मच्चाएको बेला फेरी अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले पनि इरानमा आक्रमण गरेको र पुनः अमेरिकाले आफै आक्रमण गरेको वक्तव्यमा उल्लेख छ ।
यो इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र नभई अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन भएको राजनीतिक दल तथा वामबुद्धिजीवीले ठोकुवा गरेका छन ।
वक्तव्यमा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लब सी, नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम पवन मान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती, नेकपा (बहुमत) का कृष्णप्रसाद धमला, नेकपाका उपाध्यक्ष रामबहादुर भण्डारी, वाम बुद्धिजीवी निनु चापागाईं र राजनीतिक संवाद थालनी संयोजक सङ्गीत श्रोताले हस्ताक्षर गरेका छन ।
वक्तव्यको पूर्णपाठ