वैद्यसंग लतारिदै कञ्चन सुदर्शन समूह, पद वार्गेनिङ्गमा

विप्लवको चुनाव प्रयोग संसदवादी र वैद्यको प्रयोग क्रान्तिकारी

८ असार, सुर्खेत । नेकपावाट फुटेको कञ्चन सुदर्शन समूहले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी संग एकताको तयारी गरेको छ ।

कञ्चन सुदर्शन समूहलले एकताका लागि भने अध्यक्ष पछिका कार्यकारी पदको पद वार्गेनिङ्ग गर्न थालेको छ ।
वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र कञ्चन सुदर्शन समूहले पार्टी एकताका लागि आन्तरिक रुपमा वार्ता टोली समेत वनाएको उनी निकट श्रोतले वताएको छ ।

कञ्चन सुदर्शन समूहलले पार्टी एकताका लागि विचार, राजनीति र क्रान्तिको मोडल भन्दा पनि कार्यकारी पदलाई मुख्य केन्द्रमा राखेको छ ।
सो समुहले अध्यक्ष पद वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलाई दिन सकिने निश्कर्ष निकालेको छ । तर महाधिवेशन पछि हुने पदाधिकारीमा भने आफ्नो समुहको तर्फवाट पदाधिकारी,स्थायी समिति,पिविएम,सिसिएमहरुको उचित सम्वोधन हुनु पर्ने कञ्चन सुदर्शन समूहको अडान छ ।

क्रान्तिकारी माओवादी र कञ्चन सुदर्शन समूह विच आउने फागुनको महाधिवेशन अगाडि नै पार्टी एकता गर्ने गृहकार्य चलेको नेताहरुले वताएका छन ।

कञ्चन सुदर्शन समूहले महाधिवेशन पछि वरिष्ठ उपाध्यक्ष र महासचिव पद आफ्नो समुहले पाउनुपर्ने वार्गेनिङ्ग गर्न थालेको क्रान्तिकारी माओवादी निकट एक नेताको दावी छ । विप्लव नेतृत्वको नेकपाले वैसाख ३० गते भएको स्थानीय निर्वाचन प्रयोग गर्ने कार्यनीति लिएपछि कञ्चन सुदर्शन समूह संसदवादी भएको आरोप लगाउदै पार्टी फुटाएर वाहिरीएको थियो ।

तर अहिले कञ्चन सुदर्शन समूह २०७४ को संसदीय चुनावमा सहभागी भएको क्रान्तिकारी माओवादी संग पार्टी एकताका लागि हतारिएको छ । विप्लव नेतृत्वको नेकपाले चुनाव प्रयोग गर्दा संसदवादी हुने तर त्यही चुनाव वैद्यले प्रयोग गर्दा क्रान्तिकारी हुने कसरी हुन्छ ? सर्वत्र प्रश्न उठेको छ ।

नेकपाले भने यो कञ्चन सुदर्शन समूहले वाहाना मात्र गरेको र क्रान्तिकारी विचार र दृष्टिकोणवाट विचलन भएको दावी गरेको छ । उसले एकीकृत जनक्रान्ति जारी रहेको र केवल जनतासंग जोडिन एकपटक चुनावी कार्यनीति मात्र प्रयोग गरेको स्पष्ट पारेको छ । क्रान्तिकारी माओवादीले देशभक्त जनवादी गणतान्त्रिक मोर्चाको नाममा संसदीय चुनाव प्रयोग गरेको थियो । तर यतिवेलाको स्थानीय चुनाव भने वहिष्कार गरेको छ ।

कञ्चन सुदर्शन समूह क्रान्तिको नारा लगाउदै पतनको दिशातिर जानेमा कुनै संका नभएको उनी निकटकै एक केन्द्रीय आयोजक समिति सदस्यले वताएका छन । उनका अनुसार आफ्नै समूह भित्र पनि मुख्य नेतृत्व को हुने ? भन्ने विवाद छ । नेकपावाट फुट्दा कञ्चन सुदर्शन सहित ११ जना केन्द्रीय सदस्य वाहिरीएका थिए । ११ जना भित्र पनि अधिकाँस कञ्चन मुख्य नेता हुनु पर्ने पक्षमा छन ।

कञ्चन सुदर्शन समूहका आयोजक समितिका एक सदस्यले भने “यदि सुदर्शन राष्ट्रिय भेलावाट संयोजक हुने कुरा आएको भए आफू लगायतको टिम विप्लव तिर नै आउने थियो ।” उनले भने “सुदर्शन भन्दा कञ्चन इमान्दार हुन तर दुवै जनावाट क्रान्तिको नेतृत्व होला भन्ने मलाई लागेको छैन ।”

यो भनाईले कञ्चन सुदर्शन समूह विच पनि मुख्य नेता को वन्ने ? यो विषयमा चर्को विवाद छ भन्ने कुराको पुष्टि भएको छ । तर सुदर्शनले पनि मुख्य नेतृत्व आफूले पाउनु पर्ने भित्रि इच्छा देखाउनु भएको छ । तर त्यो इच्छा भने कञ्चन समुहले अस्वीकार गरेको छ ।
कञ्चन र सुदर्शन विचको मुख्य नेतृत्वको अन्तरविरोध पनि क्रान्तिकारी माओवादी संगको एकताले केही हद सम्म टर्नेछ । त्यसो भएर पनि पार्टी एकताको कसरत भइरहको नेताहरुले वताएका छन ।

पद वार्गेनिङ्गलाई मुख्य वनाएको कञ्चन सुदर्शन समूहले एकीकृत जनयुद्ध भन्दै पार्टी फुटाएको भएपनि यसले क्रान्ति भन्दा पनि प्रतिक्रान्तिकारी शक्तिलाई फाईदा हुने विज्ञहरुले वताएका छन ।

प्रतिक्रिया दिनुहोस