असोज ६ बाँके । जनप्रतिनिधी र कर्मचारीको बिवादले राप्ती सोनारी गाउँपालिकामा बिवाद उत्कर्षमा पुगेको छ ।
प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत सेवाग्राहीको काम प्रति जिम्मेवार नभएको र पालिका अध्यक्षसंगको समन्वय बिना काम गर्ने गरेको आरोप गाउँपालिका श्रोतले जनाएको छ ।
गाउँपालिका श्रोतका अनुसार प्रशासकिय अधिकृत बस्नेतले कार्यपालिकाको निर्णय बिपरीत झण्डै ४५ लाख पर्ने सावारी साधन समेत खरिद गरेपछि बिवाद बहिर आएको हो ।
केही दिन अघि अधिकृत बस्नेतले आफु चढनका लागि स्कारपियो गाडी खरिद गरेका थिए । अध्यक्ष लाहु राम थारुले प्रशासकिय अधिकृत बस्नेत र लेखा शाखामा लगाएको ताला सोमावर साँझ खोलिएको भए पनि मंगलवार आज पालिका कर्मचारीहरुले केही समय पेन डाउन गरेर काम काज ठप्प पर्ने तयारी गरेको एक कर्मचारीले बताएका छन ।
पालिका अध्यक्ष लाहु राम थारुका स्वकिय सचिव सन्तोष थारुले प्रमुख प्रशासकिय अधिकृत बस्नेत गैर जिमेवार बनेका कारण पालिकामा बिवाद सृजना भएको बताउनु भएको छ । उहाँले बिवाद समाधानका लागि दुवै पक्ष बिच छलफलको तयारी भई रहेको जनाउनु भएको छ ।