प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक ः भीम रावल


६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताउनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले आफ्नो ट्विटमार्फत भेट आपत्तीजनक भएको भन्दै यसको विरोध गर्नु भएको हो ।
‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ’ उहाँले लेख्नु भएको छ , ‘कुटनीतिक मर्यादा विपरीत छ ।’
पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भने सचिवालयमार्फत गोयलसँग भेटघाट नभएको बताइ सक्नु भएको छ ् ।
नेकपा र सरकार भित्र ओलीको चर्को आलोचना भइरहेको वेला ओली र भारतीय गुम्तचर संस्था र का प्रमुखको भेटलाई राजनीति वृतमा अर्थपूर्ण रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस