दुर्घनामा निधन भएका रंगलाल प्रति नेकपाको दुख व्यक्त


कार्तिक ६ गते वर्दिया । विप्लव नेतृत्वको नेकपा वर्दियाका जिल्ला सदस्य रंगलाल न्यौपाने (विजय)को गयराती मोटरसाइकल दुर्घनामा निधन भएको प्रति पार्टीले गहिरो दुख व्यक्त गरेको छ ।
वर्दिया जिल्ला पार्टीको तर्फ वाट इन्चार्ज विकास र सेक्रेटरी पहलमानले आज एक शोक वक्तव्य जारी गरि विजयको निधनले पार्टीलाई अपूर्णी क्षेति पुगेको भन्दै घटना प्रति गहिरो दुख व्यक्त गर्नु भएको हो ।
शोक वक्तव्यमा कार्तिक ५ गते राती १२ वजे कर्णाली चिसापानीमा सडक दुर्घटनामा परि असामयिक निधनको खवरले हामी स्तव्ध भएका छौ भनिएको छ ।
शोक वक्तव्यमा उक्त घटना के कति कारणले भएको हो भन्ने कुरा पार्टी र परिवार अनविज्ञ भएकाले थप अनुसन्धानको विषय भएको उल्लेख गरिएको छ । शोक वक्तव्यको अन्तमा दुर्घटना निधन हुने विजय प्रति हार्दिक श्रद्धान्जली गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।
शोक वक्तव्यको पूर्ण पाठ यस्तो छ ।

प्रतिक्रिया दिनुहोस