वन फडानी रोक्न विप्लव निकट बिद्यार्थी नेता द्धारा ध्यानाकर्षण

कार्तिक ६, कालिकोट । कालिकोट जिल्लाका विभिन्न क्षेत्रका लेकाली भागहरुमा अत्याधिक रुपमा भइरहेको बन फडानी रोक्न ध्यानाकर्षण गराईइको छ ।

जिल्लाको ९ वटै स्थानिय तहका लेकाली भागहरुमा अवैध काठ तस्करी चोरी निकासी तथा वन्यजन्तुको शिकारीलाई नियन्त्रण गर्नका लागि १० बुद्धे माग सहित जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन पत्र वुझाउदै ध्यानाकर्षण गराईएको हो ।

विप्लव निकट बिद्यार्थी नेता दयाराम लुवारले डिभिजन बन कार्यालय र जिल्ला प्रशासन कार्यालय मार्फत बन तथा वातावरण मन्त्रालयमा पुग्ने गरी कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे मार्फत ज्ञापन पत्र वुझाउनु भएको छ ।

सामुदायिक वनमा भइरहेको काठ तस्करी तथा वन्यजन्तुको शिकार रोक्न स्थानिय तहले पहल गरिरहेको भए पनी अझै यस्तो अवैध काम नरोकिएको र स्थानिय तहले पनि जिम्मेवार भएर सामुदायिक वन देखी राष्ट््ि«य वन फडानी गर्ने लाई कानुन वमोजिम कारवाहि गर्न नसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ अहिले पनी लेकाली क्षेत्रमा मन परी गरी वन फडानी भइरहेको छ । वडामा एक रुखको पुर्जिको सिफारीसमा जंगलमा मन परी तरीकाले रुख काट्ने गरिएको छ । यसको अनुगमन सम्बन्धित निकायहरुले पनि गर्न सकिरहेका छैनन ।

नेपालको बन हरियो धन भनिन्छ भन्नत तर, विडम्वना प्राकृतिक सो्रतको दोहोन भइरहेको छ । जसका कारण, नेपालमा जलवायु परिर्वतनका असरहरु दिनानु दिन खेपीरहेका छौँ । वन एैन अनुसार निजि जग्गा भित्रको क्षेत्रमा पनी रुख काट्न अनुमती लिनु पर्ने भएता पनी यस्तो नभउको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी चन्दप्रसाद गैरेले प्राकृतिक सम्पदाहरुको संरक्षणमा युवाको चासोका विषयमा धन्यवाद दिदै, सम्बन्धित निकायमा पत्र पठाएर ध्यानाकर्षण गराउने बताउनु भयो ।

सम्बन्धित निकाय वन कार्यालय, स्थानिय तह, स्थानिय प्रहरी कार्यालयलाई वन फडानी रोक्न पहल गर्न आनुरोध गर्ने प्रतिवद्धता गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस