नरबहादुर कार्कीको गिरफ्तारीको चौतर्फि विरोध, यथाशिघ्र रिहाको माग


असोज ६ काठमान्डौं । कोरोनाको उपचारमा शुल्क लिने सरकारी निर्णय विरुद्ध २१ राजनीतिक संगठनहरुले आज काठमाडौंको माइतीघर मण्डलामा शांन्तिपूर्ण कार्यक्रम आयोजना गरिएको वेला प्रहरीले हस्तक्षेप गरी नरबहादुर कार्कीलाई गिरफ्तार गरेकोमा चौतर्फि विरोध भएको छ ।
शान्तिपूर्ण रुपमा कार्यक्रममा गरिएको यो गिरफ्तारीको २१ राजनीतिक संगठनहरुले घोर निन्दा एवम भत्र्सना गर्दै कार्कीलाई अविलम्ब रिहाई गर्न सरकार सँग जोडदार माग गरेका छन ।
२१ दलिय कार्यगत मोर्चाको तर्फ वाट सी पी गजुरेलले आजै एक वक्तव्य जारी गरि सरकरी दमनको भत्सर्ना गर्दै कार्कीको रिहाको जोडदार माग गर्नु भएको हो ।
२१ संगठन मध्येको एउटा घटक, राष्ट्रिय जागरण मंचका सचिव समेत रहनु भएका कार्की मंचको तर्फबाट उक्त कार्यक्रममा सहभागि हुनु भएको अवस्थामा कार्कीलाई प्रहरीले गिरफ्तार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गिरफ्तारीको विरोध गर्दै यथाशिघ्र रिहाको लागि माग गर्ने २१ पार्टी र संगठनहरुमा .नेकपा(मशाल),.नेकपा(क्रान्तिकारी माओवादी) ,.नेकपा(माले),.राष्ट्रिय जनमोर्चा, नेपाल,.देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, .नेपाल कम्युनिष्ट पार्टी रहेका छन ।
यस्तै .नेकपा(माओवादी केन्द्र), .राष्ट्रिय जागरण मंच,जन समाजवादी पार्टी, .नेकपा(संयुक्त), .राष्ट्रिय जागरण परिषद नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, .नेकपा(बोल्शेविक), .राष्ट्रवादी केन्द्र, नेपाल, .एम् सी सी खारेज अभियान, .पुष्पलाल अध्ययन समाज, .सर्वहारा कम्युनिष्ट पार्टी(माओवादी),माक्र्सवादी एकता अभियान, .नेकपा(माक्र्सवादी),.नेकपा माक्र्सवादी(पुष्पलाल) र ने क पा (माओवादी) रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस