आगलागीबाट निधन भएकी हजुराको बङलोरमै अन्तिम दाहासंस्कार

कालिकोट । भारतको बङलोरमा आगलागीबाट निधन भएकी ४५ बर्षिय हजुरा लुवारको आज दिउसो ३ बजे अन्तीम दाहासंस्कार गरिएको छ ।
कालिकोटको रास्कोट नगरपालिका ८ बाँखरकोट घर भएकी हजुरा लुवार आफ्नो श्रीमान नौल्या लुवारसंगै रोजगारीका लागि बङलोर गएकी थिईन ।

गयराति २ बजे बङलोरको भिक्टोरिया अस्पतालमा उपचारका क्रममा हजुराको निधन भएको हो । उनको आज बङलोरमा भएका आफन्तजन तथा कालिकोटवासीहरुको सहभागितामा अन्तिम दाहासंस्कार गरिएको आफन्त पुरन विकले जानकारी दिएका छन ।

गत माघ १ गते खाना पकाउने ग्यास लिग भएर आगलागी हुदा हजुरा सहित ३ जना गम्भीर घाईते भएका थिए ।

गम्भीर घाईते रास्कोट ८ माईति घर भई नरहरीनाथ ६ माल्कोट पोइलीघर भएकी अम्विका विक र उनको श्रीमान खड्क विकको घटना भएको ३ दिन पछि उपचारका क्रममा निधन भईसकेको थियो ।

हजुराको निधनसंगै आगलालीमा परी मृत्यु हुनेको संख्खा ३ पुगेको छ । हजुरा नाताले भदै पर्ने अम्विकाको कोठामा विहान रिचाज कार्ड हाली माग्न जाँदा आगलागीको घटनामा परेर गम्भीर घाईते भएकी थिईन ।

प्रतिक्रिया दिनुहोस