१० माघ वाँके । विप्लव नेतृत्वको नेकपाले आज माघ १० गते नेपाल वन्दको घोषणा गरेको छ । गैरन्यायीक तरिकाले आफ्ना सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला लगायतका नेताहरुको गिरफ्तारी गरेको भन्दै तत्काल रिहाको माग गर्दै नेकपाले आज नेपाल वन्दको घोषणा गरेको हो ।
गत पुस २९ गते पार्टी काम सकेर फकिदै गर्दा ललितपुर वाट नेकपाका नेता वास्तोला सहित व्युरो सदस्य विवेक,र विश्वासलाई प्रहरीले पक्राउ गरेको थियो ।
उक्त गिरफ्तारी निरंकुशताको पराकाष्ठा भएको र देशमा फासिवाद निम्त्याउन खोजेको भन्दै नेकपाले आफ्ना गिरफ्तार सवै नेता कार्यकर्ताको निशर्त रिहाको माग गरेको छ ।
पार्टी महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले गिरफ्तारी लगत्तै घटनाको घोर निन्दा एव भत्र्र्सना गर्दै एक प्रेश विज्ञप्ती मार्फत चरणवद्ध संघर्षका कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिनु भएको थियो ।
सोही निर्देशन वमोजिम नेकपाले जनप्रदर्शन,कोष सभा,मसाल जुलुस लगायतका विभिन्न संघर्षका कार्यक्रम सम्पन्न गर्दै आज नेपाल वन्दको घोषणा गरेको छ । वन्दले विहानै देखि देशभरको जनजीवन प्रभावित भएको छ । लामो तथा छोटो दुरीका सवारी साधनहरु भने चल्न नसकेको खवरहरु प्राप्त भएका छन । वन्दले वाँके,वर्दिया,सुर्खेत लगायतका भेरी कर्णाली क्षेत्रका जिल्लाको जनजीवन पनि पूर्ण प्रभावित भएको छ ।
यसैविच नेकपा भेरी कर्णाली व्युरोले पनि भेरी कर्णालीवासी सवै न्यायप्रेमी जनता,तथा व्यवसायीहरुलाई वन्द सफल पार्न पूर्ण रुपमा सहयोग गरिदनहुन अपिल गरेको छ । व्युरो इन्चार्ज रवीले शुक्रवार एक प्रेश विज्ञप्ती जारी गरि सरकारको कदम विरुद्ध आवाज उठाउन र गिरफ्तार नेताहरुको रिहाको लागि दवाव सृजना गर्न वन्द प्रति सहयोग गरिदिन हुन सवैमा अपिल गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस