नेकपाको नेपाल वन्द पूर्ण रुपमा सफल, सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन


१० माघ वाँके । विप्लव नेतृत्वको नेकपाले आजका लागि घोषणा गरेको नेपाल वन्द पूर्ण रुपमा सफल भएको वताएको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले आज साझ एक प्रेश विज्ञप्ती जारी गरि वन्द सफल पार्नमा सहयोग गर्ने उद्योगी व्यवसायि,राजनैतिक दल,तथा आम जनसमुदायमा विशेष धन्यवाद ज्ञापन गर्नु भएको छ । वन्द देशभर शान्तिपूर्ण रुपमा सफल भएको नेकपाले दावी गरेको छ ।
गैरन्यायीक तरिकाले आफ्ना सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला लगायतका नेताहरुको गिरफ्तारी गरेको भन्दै तत्काल रिहाको माग गर्दै नेकपाले आज नेपाल वन्दको घोषणा गरेको थियो ।
गत पुस २९ गते पार्टी काम सकेर फकिदै गर्दा ललितपुर वाट नेकपाका नेता वास्तोला सहित व्युरो सदस्य विवेक,र विश्वासलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसैविच नेपाल वन्द कालिकोट,सुर्खेत,वाँके,वर्दिया लगायत भेरी कर्णालीका जिल्लाहरुमा पनि पूर्ण रुपमा सफल भएको नेकपाले जनाएको छ । नेकपाले यो क्षेत्रमा वन्द सफल पार्ने सवै प्रति विशेष धन्यवाद पनि दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस