जुम्लामा स्याउ रोपनको उद्घाटन गर्दै महासचिव विप्लवले भने ‘जय स्याउ ! जय समाजवाद !’

११ फागुन, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जय स्याउ ! जय समाजवाद ! भन्दै जुम्लाको धौलापानीमा आईतवार स्याउ रोपनको उद्घाटन गर्नु भयो ।
उहाँले नेपालमा दलाल पुँजीवादको अन्त्य गर्दै समाजवाद ल्याउन र समाजवादी अर्थतन्त्रको जग बसाल्न जय स्याउ ! जय समाजवाद ! भनेर स्याउ रोपनको उद्घाटन गर्नु भएको हो ।
महासचिव विप्लवको जय स्याउ ! जय समाजवाद ! को शव्दमा थप साथ दिएर सहभागीहरुले खुसी हुदै तारिफ गरेका थिए ।
स्याउ रोपन कार्यक्रममा समाचार संकलन गर्न गएका पत्रकार, सुरक्षाका लागि गएका सुरक्षाकर्मीले समेत स्याउ रोपनमा विप्लवको तारिफ गर्दै जय स्याउ ! जय समाजवाद ! मा साथ दिएका थिए ।

यस्तै नेकपाका नेता कार्यकर्ता र जनताले समेत विप्लवको यो कदमप्रति हृदयदेखि खुसी व्यक्त गरेका थिए ।
सहभागी सबैको हात हातमा स्याउका विरुवा हातमा समात्न लगाएर आकास तिर फर्काउदै महासचिव विप्लवले जय स्याउ ! जय समाजवाद ! भन्नु भयो । उहाँले लगत्तै स्याउको विरुवा खनेको खाल्डोमा हालेर आफै रोप्न लाग्नु भयो । क्रमश सबै सहभागीहरुले स्याउ रोपनमा सक्रियतापूर्वक साथदिएका थिए ।

महासचिव विप्लवले जय स्याउ र जय समाजवाद भन्दै गर्दा स्याउको उत्पादन समाजवाद ल्याउने अभियानका लागि भएका े गहिरो अर्थ दिदै थियो । यो अर्थले दलाल पुँजीवादका नाईकेहरुलाई मुटुमा ड्याङ्गो ठोक्दै थियो ।
महासचिव विप्लव सीका साथमा नेकपाका स्थायी समिति सदस्य संन्तोष सी, भरत सी, सुशिल सी, पोलिट व्यूरो सदस्यहरु भेषराज सी,असल सी, लगायतका केन्द्रीय नेताहरुको पनि सक्रिय सहभागीता थियो । दिउसो १२ बजे उद्घाटन भएको कार्यक्रम महासचिव विप्लवले सम्वोधन गर्दै स्याउ रोपेको मात्र नभई क्रान्ति गरेको बताउनु भयो ।
उद्घाटन पूर्व महासचिव विप्लव लगायतका नेताहरुको टिमले करिब १ सय बढी स्याउ रोप्ने खाल्डा पनि खनेको थियो ।
। महासचिव विप्लवसमक्ष न तकुनै थकान थियो नत कुनै आलस्य नै थियो । विहानभर खाल्डा खन्दै गर्दा महासचिव विप्लव सी लगायतका नेताहरुको हातमा फोका समेत उठेका थिए ।

तर पनि उत्साहका साथ विप्लव सहितका नेताहरुको टिम स्याउ रोप्न व्यक्त भयो । स्याउ रोपनको उद्घाटनमा राजनीतिक क्रान्तिलाई आर्थिक क्रान्तिमा नजोडेसम्म देश स्वाधीन नहुने र आत्मनिर्भर नहुने नेकपाको निश्कर्षका कारण जुम्लामा स्याउ रोप्न लागेको महासचिवले जवाफ दिनु भयो ।
नेपाल पत्रकार महासंघका जुम्ला शाखाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले नेकपाको स्याउ रोप्ने कदम सबैको लागि अनुकरणीय भएको भन्दै बधाई दिनु भयो ।

उद्घाटन कार्यत्रममा नेकपाका स्थायी समिति सदस्य सुशिल सीले पार्टीलाई आत्मनिर्भर पार्टी बनाउन जुम्लामा स्याउ रोपनको कार्य भएको बताउनु भयो । उद्घाटनमा वोल्ने अधिकाँस नेताहरुले उत्पादन क्रान्ति विना राजनीतिक क्रान्ति पुरा नहने भएको भन्दै स्याउ रोपन राजनीतिक क्रान्ति पुरा गर्नकै लागि भएको दाबी गरे ।
महासचिव विप्लव सहितका सभागीहरु विचमा स्याउ रोपनको कार्य स्थगित गदै केही समयका लागि खाना खान थाले । महासचिव विप्लव नेता कार्यकर्तासंग रमाउदै स्याउ लगाउने स्थलमै खाना खान थाल्नु भयो ।
क्रमश सवैले पिग्निक गए जस्तै भोजन गरे भने पिग्निकको अनुभूत भएको बताए । यसले नयाँ खुसीयालीसंगै नयाँ संन्देश दिएको थियो ।

यो सबै नेकपाले किन गरेको होला ? के स्याउ लगाए मात्र राजनीतिक क्रान्ति पुरा गर्न सकिन्छ होला ? यस वारे धेरै पत्रकारहरुका जिज्ञासाहरु पनि थिए । तर यो स्याउ रोपनमा यी सबै प्रश्नको उत्तर नेकपाले दिएको थियो ।
खानपछि फेरी पनि साँझ अवरसम्म महासचिव विप्लव सहितको टिमले स्याउ लगायो । जुम्लाको चिसोको कुनै प्रभाव थिएन । जुम्ली जनताको न्यानो मायाले महासचिव विप्लवलाई उर्जा पैदा भएको थियो ।
जसले गर्दा स्याउ रोपनमा कुनै थकान थिएन । यो नेपालको राजनीतिक नेतृत्वको इतिहासमा एउटा महान कार्य थियो । अरु पार्टीका नेताहरु सत्ता, भत्ता र कुर्सीका लागि मरिहत्ते गरिरहेको बेला महासचिव विप्लव जुम्ला पुगेर स्याउ रोप्ने कार्य गर्नु राजनीतिक रुपमा नयाँ संस्कार भएको जुम्लावासीहरुले बताएका छन ।
उनीहरुले विप्लवको यात्रा निरन्तर अगाडि बढोस भन्ने शुभकामना समेत दिएका छन । जसलाई जुम्ली जनताले ‘जय स्याउ ! जय समाजवादलाई हृदयदेखि आत्मसात गर्ने विश्वास गरिएको छ । स्मरणरहोसः गत वर्ष पनि महासचिव विप्लव सी जुम्लाको हाडुलेमा स्याउ रोप्न पुग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस