११ फागुन, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जीवनभरी नेपाली जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
५८ औं जन्मदिनको अवसरमा जुम्लाको धाँचुगाउँमा जन्मोत्उव मनाउदै महासचिव विप्लव सीले जीवनभरी नेपाली जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशले आयोजना गरेको जन्मोत्सव कार्यक्रममा महासविच विप्लवले भन्नु भयो ‘जतिसमय वाँचिन्छ यो देश र जनताको मुक्तिको लागि समाजवादको लागि सेवा गर्नेछु, मेरा आमा बुवाले जन्मदिएपनि कर्मथलो मेरो पार्टी हो र सिंगो देश र जनता हो ।’
महासचिव विप्वलले जन्मदिने आमा वुवालाई सम्झिदै यो दिनलाई उत्सवको रुपमा सबैले लिएकोमा धन्यवाद दिनु भयो ।
उहाँले मान्छे जन्मिने र मर्ने प्रक्रिया भइरहने भएको भन्दै जीवित हुदासम्म देश र जनताको सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नु भयो ।
महासचिव विप्लवलाई पार्टी नेता कार्यकर्ता र स्थानीयहरुले टिका फुलमाया लगाएर जन्मदिनको शुभकामना दिएका थिए । स्थानीयवासीहरुले समाजवादको यात्रामा हरेस नखान र निरन्तर जनताको आवाज उठाउन शुभकामना दिएका थिए । सहभागीहरुले जन्मदिनको खुसियालीमा कर्णालीको देउडासमेत लगाउदै रमाईलो नाचगान गरका थिए ।