प्रिय रातो झन्डा

सहिदको रातो रगतले लतपतिएको
गरिब, किसान र मजदुरका
गहना स्वरुप हसिया हतौडा अंकित
बैज्ञानिक समाजवाद र साम्यवादको
रातो झण्डालाई झुकाउनु हुदैन ।
प्रिय रातो झन्डा तिमी
झुकेको सुहाउँदै सुहाउँदैन ।

मालेमावादको सिद्धान्तलाई
मजबुतसंग पकड्नुका साथै
रातो झण्डालाई पनि पकड्नुपर्छ ।

आदरणीय लिडर
मार्क्स हडबडाउनु भएको भए
मार्क्सबाद चिरञ्जीवी हुदैन थियो ।
लेनिन चुकेको र झुकेको भए
रसियामा समाजवाद आउदैन थियो ।
एकीकृत जनक्रान्ति
हडबडाउनु हुदैन ।
फरफराउनु पर्छ ।
प्रिय वीर योद्धा
रातो झन्डालाई झुकाउनु हुदैन ।

प्रिय कमरेड
हामी गञ्जालो बन्न तयार हुनुपर्छ ।
हामी कुमार पौडेल बन्न तयार हुनुपर्छ !
हामीले धनरुप बटलाबाट सिक्नुपर्छ !!
हामी आत्मघाती बन्न तयार छौ !!!
तपाईले प्रज्वलबाट सिक्नुपर्छ !!!!

अर्को प्रचण्ड बन्न कसैलाई छुट छैन ।
अर्को बाबुराम बन्न कसैलाई छुट छैन ।।

प्रिय वीर योद्धा
रातो झन्डालाई
झुकाउनु हुदैन !!

क्रान्तिकारी रात‍ो झन्डाको
आस र भरोसाको केन्द्रबिन्दु
सगरमाथाको चुचुरोमा
फरफाउने हाम्रो सपना
नाम्चे बजारमा थाक्नु हुदैन ।
प्रिय रातो झन्डालाई
नाम्चे बजारमै झुकाउनु हुदैन ।।

आदरणीय लिडर हामीले
रातो झन्डालाई फरफराउनु पर्छ ।
प्यारो रातो झन्डालाई झुकाउनु हुदैन ।।

तपाई नयाँ मार्क्स र एङ्गेल बन्नुपर्छ ।
तपाई नयाँ लेनिन र स्टालिन बन्नुपर्छ ।
हामी जनसेना बन्न तयारनै छौ ।।

माओ आतिनु भएको भए
चिनियाँ जनवादी क्रान्ति सम्पन्न हुदैनथ्यो ।
प्रिय कमरेड रातो झण्डालाई
पुजीवादीका अगाडि झुकाउनु हुदैन ।
तपाईहरु नयाँ माओ बन्नुपर्छ !
हामी जनमुक्ति सेना बन्न तयारनै छौ !!

क्रान्तिको साम्यवादी यात्रामा
थकाइ भन्ने कार्यनीति हुदैन
हन्डर ,ठक्कर र चुनौतीलाई
हासि हासि पार गर्नुपर्छ ।
एक सेकेन्डपनि
रातो झन्डालाई झुकाउनु हुदैन ।

हेमन्त र शिशिर ऋतुको
चिसोलाई नपचाएर
वसन्त ऋतु आउदैन !
प्रिय कमरेड हामी
आतिनु र मातिनु हुदैन ।
प्रिय रातो झन्डालाई
झुकेको बिल्कुल सुहाउँदैन ।

रातो झण्डालाई बेरेको
जनक्रान्तिको यात्रा
चुनाव जित्नेसम्म मात्र हुँदै हैन ।
उतर साम्राज्यवादलाई जित्नलाई हो ।
सबैको नजर क्षितिजतिर तेर्सिएको छ ।
आश यो छ कि ?
कालो रातलाई पर्यस्त गरेर
बादललाई पन्छाएर
अबस्य पनि सुर्य उदाउने छ ।

प्यारो रातो झण्डा तिमीलाई चम्काउन
बिहानी पखको सुर्यले
अनौठो उज्यालो ल्याउने छ ।

नयाँ जोस र उमंगका साथ
क्रमशः यात्रा अगाडि बढ्ने छ ।
प्रिय रातो झन्डा चहकिलो घाम संगै
तिम्रो फरफराउने तरिका
एकदमै नयाँ हुने छ ।

प्रिय रातो झन्डा
तिमी गरिबको झुपडीमा फरफराउनु पर्छ ।
पुर्व र पश्चिमबाट फरफराउनु पर्छ ।।
विश्वलाई परिक्रमा गर्ने अभिभारा
प्रिय रातो झन्डा तिम्रो कार्यभार भएको छ ।

प्रिय रातो झन्डा
तिमी मधुरो हुनुहुदैन
तिमी मधुरो भयौ भने
संसार अध्यारो हुनेछ
तिमीलाई मधुरो भएको
कदापि सुहाउँदैन !

तिमीलाई चम्किलो बनाउन
रगतका खोलाहरु बगाउन
मन्जुर छन् तिम्रा बलिदानी योद्धाहरु
प्रिय रातो झन्डा तिमी झुक्नु हुदैन
प्रिय रातो झन्डा तिमी चुक्नु हुदैन
लालि किरणसंगै
तिम्रो फरफराउने तरिका
पहिलाभन्दा नयाँ हुनुपर्छ ।

प्रिय कमरेड
हामी सगरमाथाको
चुचुरोसम्म पुग्नुपर्छ
प्रिय रातो झन्डा तिमी
सगरमाथाको चुचुरोमा
हर्षका साथ फरफराउनु पर्छ ।

लेखक अखिल ( क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज

प्रतिक्रिया दिनुहोस