खाल्डो माथि शव, दाहसंस्कार राेकियाे

संकास्पद घटनाको पाेष्टमार्टम नगरी लास चिहानघाटमा

जेठ ९, कालिकोट । संकास्पद रूपमा ज्यान गुमाएका रास्काेट नगरपालिका ८ का प्रेम दर्जिकाे लास पाेष्टमार्टम बिना शान्तिघाटकाे चिहानघाटमा पुगेको छ ।

पाेष्टमार्टम गर्ने भनी रास्काेट सामुदायिक अस्पतालमा दर्जिकाे शव २ दिनसम्म राखिएको थियो । पाेष्टमाटम गरिसकेका छाैं भन्दै अस्पतालले पाेष्टमार्टम नगरी लासलाई आफन्तको जिम्मा लगाएपछि लास चिहानघाट पुर्याएकाे हाे ।

चिहानघाटमा दाहासंकारका लागि लास हेर्दा पाेष्टमार्टम (चिरफार) नगरिएको देख्दा आफन्त तथा मलामिहरू आक्राेशित भएका छन । अहिले खाल्डो खनिएको भागमाथि लास राखिएको छ र दाहसंस्कार राेकिएकाे छ । जिल्लाबाट पाेष्टमार्टमका लागि डक्टर सहितको टाेलि आउन लागेको अस्थायी प्रहरी चाैंकी शान्तिघाटले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा विजयी रास्काेट नगरपालिका प्रमुख, उप-प्रमुखको विजयी भाेजमा सहभागी भएका दर्जिकाे शनिबार पाटेडीलकाे पानिगाैंडामा शव भेटिएको थियो ।

मृतक दर्जि विजयी भाेजमा दमाह बजाउन र नाचगान गर्न बायालपाटा र उप-प्रमुखकाे घरमा समेत पुगेका थिए । उप-प्रमुख मनिराज बरालको घर पाटेडीलमा राति ८ बजे सम्म नाचगान गरेका दर्जि साेही राति व्यपत्ता भएका थिए ।

उनकाे शव नजिकै पानिगाैंडाकाे कुलाेमा जेठ ७ गते साझ ६ बजे मात्रै भेटिएको थियो । दर्जिकाे शवलाई जेठ ८ गते बिहान पाेष्टमार्टम गर्न रास्काेट सामुदायिक अस्पतालमा पठाएको भएपनि पाेष्टमार्टम गरेका छाैं भन्दै पाेष्टमार्टम नगरेर अस्पतालले शव पठाएको हाे ।

यसबारे बुझ्न खाेज्दा अस्पतालका स्वास्थ्यकर्मी शेरमान गुरूङले माथिल्लो तहको आदेश अनुसार शवलाई हेरफेर मात्र गरि पठाएको जानकारी दिनुभयो ।

स्मरणीय कुरा याे छकि: रहस्यमय घटनामा मृत्यु भएका दर्जिले प्रयोग गर्ने ९७४२९६०९१९ नम्बरको माेबाइल घटना स्थलमा भेटिएको छैन । तर उक्त माेबाइलकाे लाेकेशन मान्मकाे तल्लो भाग तिर देखाएको प्रहरीले जनाएको छ । कतिबेला साे माेबाइलमा फाेन जाने र कतिबेला स्वीच अफ भन्ने गरेको छ । घटना लडेर नभइ हत्या गरिएको र हत्याराहरूकाे खाेजि गरि कानुनी कार्वाही गर्न आफन्तजनकाे माग छ ।

प्रतिक्रिया दिनुहोस