समाजवादले मात्र अहिलेको निकास दिनसक्छः विवेक सी

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सीले नेपाली विशेषताको समाजवादले मात्र नेपालको वर्तमान राजनीतिक संकटको निकास दिन सक्ने बताएका छन ।

नेकपाको सहायक संगठन युवासंगठन नेपाल कालिकोटको दोस्रो पूर्ण बैठकलाई शनिवार सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य विवेकले समाजवाद विना अहिलेको संकटको निकास नहुने बताका हुन ।

उनले युवाहरुले समाजवाद ल्याउने अभियानमा एकताबद्ध हुनुपर्नेमा जोड दिदै गाउँ गाउँमा युवाहरुलाई संगठित गर्न निर्देशन दिए ।
संगठनका कर्णाली प्रदेश इन्चार्ज मिनेश सीले भ्रष्टाचारका विरुद्ध युवाहरु लाग्नुपर्ने बताए । उनले भ्रष्टाचारीहरुलाई आवश्यक परे जनकार्वाही गर्न पनि युवाहरु तयार हुनुपर्ने धारणा राखे । बैठकमा नेकपा तिलागुफा नगरपालिका इन्चार्ज रमेश सीको पनि सहभागिता रहेको थियो ।

बैठकले एक स्थानीय तहमा एक नमुना कामहरु गर्ने निर्णय गरेको छ । संगठनलाई व्यापक विस्तार गर्ने र जसका लागि ४ महिने अभियान संचालन गर्ने निर्णय गरेको छ ।

यसैविच बैठकपछि युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज अनिल सीको घरमा युवाहरुले १ दिने जनश्रम पनि गरेको युवा संगठन नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस