जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

८ साउन, कालिकोट । स्वास्थ्य सेवा कार्यालय कालिकोटमा अक्सिजन प्लान्ट जडान भएको छ ।

दैनिक ४० लि.को ४०–५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको जडान गरीएको जिल्ला स्वास्थ कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक कटक महतले बताउनु भएको छ ।

उहाँले अव जिल्लामा अक्सिजनको अभाबमा कोहि कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनुभयो ।
कोभिड विशेष अस्पताल मान्ममा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रबिधिका लागि Gene X–pert मेसिन समेत installation गरिएको छ ।

स्वास्थ्य सेवाको क्षेत्रमा निकै ठुलो उपलब्धि भएको भन्दै निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक महतले प्रदेश तथा संघीय सरकारलाई धन्यवाद दिनु भयो ।
अब प्लान्ट र मेसिन सन्चालनका लागि पर्याप्त बिधुत्त आपूर्तिको आवश्यक भएकोले सो को लागि नियमित बिधुत्त आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा अनुरोध समेत गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस