समाचार संकलन गर्न गएका दुई पत्रकार गिरफ्तार, रिहाको माग

७ भाद्र ,बाँके । नेकपा सहित चार दलले आज आहवान गरेको नेपाल वन्दको समाचार संकलन गर्न गएका दुई पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दियाको बासगडीबाट जनपत्रकार संगठन वर्दिया सदस्य रुपा शाही, र जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्त प्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको हो । पत्रकार पक्राउको चौतर्फि चर्को विरोध भएको छ ।
पत्रकारको समाचार संकलन गर्ने हक अधिकारलाई कुठाराघात गर्दै सरकारले बिनाकारण पत्रकारलाई पक्राउ हो ।

समाचार संकलनका लागि पत्रकार परिचय पत्र र क्यामरा देखाउदा देखाउदै पनि पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी कदम भएको जनपत्रकार संगठनले संगठनले वताएको छ । संगठनले पक्राउ गरिएका पत्रकारलाई यथाशिघ्र रिहा गर्न माग गरेको छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर बिश्वकर्माले मङ्गलबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै गिरफ्तार पत्रकारलाई रिहाइ गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र पालना गर्दै कानुनको उल्लंघन नगर्न सम्वन्धित निकाय सङ्ग माग गर्नु भएको हो ।

संयोजनक विश्वकर्माले नेपाल कम्युनिष्ट पार्टी र तत्कालीन ओली सरकार बीच भएको तीन बुदे सहमतिको पालना नगरी उल्टै नेकपा महासचिव विप्लव सहितका नेता कार्यकर्ता बिरुद्ध पक्राउ पुर्जी जारी गरिएको, मुलुकमा भ्रस्टाचार , महङ्गी र सामाजिक असुरक्षा बढेको विषयमा नेपाल कम्युनिस्ट पार्टी सहित चार पार्टी द्वारा आयोजित वन्दको आहवान गरीएको विषयमा दाङ्गको तुलसिपुरमा समाचार संकलनको क्रममा रहेका पत्रकार ओलीलाइ प्रहरी इन्स्पेक्टर बखत बहादुर शाहीको नेतृत्वमा रहेको टोलीले गिरफ्तार गरी प्रहरी चौकीमा राखिएको जनाउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस