असाजे ७ गते वाँके । रुपन्देहीकी १६ बर्षिय करुणा घर्तिको बलात्कार पछि हत्या भएको घटनाको बिरोधमा मंगलवार कोहलपुरमा दिप प्रज्वलन सहित श्रद्धाञ्जली सभा गरिएको छ ।
मेची महाकाली बुहारी सयुक्त आवाजको आयोजनामा कोहलपुरको न्यु रोड चोकमा दिप प्रज्वलन सहित श्रद्धान्जली सभा गरिएको हो ।
श्रद्धान्जली सभामा बोल्दै कोहलपुर नगरपालिकाकी उप प्रमुख सञ्जु कुमारी थारुले महिला हिंसा तथा घरेलु हिंसा न्युनिकरणका लागि कडा कानुनको आवश्यकता रहेको बताउनु भएको छ । कतिपय कानुन कार्यान्वयनमा पनि समस्या पैदा भई रहेको उहाँको भनाई थियो ।
कानुन कार्यान्वन फितलो हुदा महिला हिंसाका घटना बढदै गएको उहाँको भनाई थियो ।
मेचि महाकाली बुहारी सयुक्त आवाजको जिल्ला संयोजक मिना सिग्देलको अध्यक्षतमा भएको कार्यक्रममा महिला उद्यमी संगिता सुबेदी लगायतले वोल्दै महिला हिंसाका विरुद्ध सवै महिलाले आवाज उठाउनु पर्ने वताएका थिए ।
उनिहरुले हिंसाका घटनामा कमि ल्याउन कानुनको प्रभावकारी कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए ।
१६ बर्षिय घर्तीको केही समय अघि बलात्कार गरि हत्या गरिएको थियो । घर्तीको घटना अनुसन्धानमा प्रहरीले लाहपर्वाही गरेको भन्दै उनिहरुले बिरोध समेत जनाएका थिए ।
प्रहरीले लाहपर्वाही गरेको मुद्धामा हाल मेची महाकाली बुहारी संयुक्त आवाजको कानुनी साहायतामा पुनः अनुसन्धान भई रहेको बाँके संयोजक मिना सिग्देलले जानकारी दिनु भयो