मलाई कसैले
ब्याङ्ग्य गरेर
दम्भ र घमण्डका साथ भन्यो
म फुल हुँ नछोउ,नजिक नआँउ
मेरो सुन्दरताको बारे
तिमीलाई थाहा छैन ।
मैले पनि गम्भीर भएर भने
हो ! सुन्दर फुलहरु
देखेभन्दा बहुत
सुन्दर हुन्छन्
छिट्टै चुटिन्छन्
छिट्टै कुल्चिन्छन्
किनकि फुलहरु
सोचेभन्दा सुन्दर हुन्छन्
अरुलाई सुन्दरता दिन
फुलेका हुन्छन् !
मैले पनि हाँसेरै भने
म पनि फुल हुँ
अलि फरक जातको फुल
म फुल कुल्चनेहरुको
विरोधी फुल हँु !
म एकोनिटम फुल हुँ
मेरो जोकोही नजिक
आउन सक्दै सक्दैन
यदि भुलेर आएछ भने
मैले उसको मुटुको धड्कन कम
दिमाग बिगार्दिन सक्छु
मेरो पनि नजिक नआँउ
मलाई पनि छुने आँट नगर
म पनि एक फुल हुँ ।
तर फुलहरु आफु सुन्दर बन्न मात्र हैन
सबैलाई सुन्दर बनाउन फुलेका हुन्छन्
फुलहरु कुल्चिन कदापि फुलेका हुदैनन् ।
फुललाई सजाउन जान्नुपर्छ
फुलको सुगन्ध अौधी मीठो सत्य हुन्छ !
यथार्थ चित्रण गर्नु पर्दा
फुल फुलोस् नफुलोस्
फुल रोप्नु निरन्तरता हो
छरिएका फुलहरुलाई
माला बनाउनु महानता हो
मालानै मालाको
सभ्य संसार बनाउनु यथार्थता हो !