दशैंको समयमा नेकपाका महासचिव विप्लव श्रममा ब्यस्त

६ कार्तिक,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी दशैंको समयमा पनि आराम नगरेर श्रममा व्यस्त हुनु भएको छ ।

नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा नेकपाले लगाएको अढाई विगाह जग्गाको धान काट्न सोमबार दिनभर व्यस्त हुनु भएको हो ।

उहाँले आईतवार पनि श्रमको कार्यमा व्यस्त हुदै लसुन लगाउने काम गरेको केन्द्रीय कार्यालय श्रोतले जनाएको छ । केन्द्रीय कार्यालयका एक नेताले भन्नु भयो ‘अरु दशैमा टिका जमरा लगाउछन,हाम्रो महासचिवले धान काट्ने र लसुन लगाउने गर्नु हुन्छ ।’

उहाँले नेपालका अरु नेता र विप्लव नितान्तै फरक भएको पनि बताउनु भयो ।

नेपालका अरु राजनीतिक दलका नेताहरु दशैं आयो भन्दै घरपरिवारमा संगै भएर रमाईलो गरी बसिरहेका बेला नेकपाका महासचिव विप्लव भने कृषि क्रान्तिको नेतृत्व गर्दै श्रममा व्यस्त हुनुहुन्छ । सोमबार दिनभर पार्टी कार्यकर्तासंग महासचिव विप्लवले धान काट्ने काम गर्नु भएको छ ।
उहाँले नेपालमा एकीकृत जनक्रान्तिसंग उत्पादनको कृषि क्रान्ति पनि जोडनु पर्ने तर्क गर्दै आउनु भएको छ । उहाँले उत्पादन नगर्ने कुनै पनि पार्टीले समाजवादी क्रान्तिको नेतृत्व गर्न नसक्ने वताउदै आउनु भएको छ । उहाँले कम्युनिष्ट भएपछि पार्टीका सबै नेता कार्यकर्ताहरु श्रममा अनिवार्य जोडिनु पर्ने वताउनु हुन्छ ।

जसअनुसार नेकपाले केन्द्रीय उत्पादन टिमनै बनाएर कपिलवस्तु,चितवन,बर्दिया दाङलगायतका जिल्लाहरुमा उत्पादनको कार्य गरिरहेको छ । नेकपाले देशका सबै व्यूरो स्तर र जिल्ला स्तरबाट पनि कृषि उत्पादन अन्तरगत यो बर्ष सयौ विगाह जमिनमा धानखेती गरेको छ ।

प्रतिक्रिया दिनुहोस