हामी सबैलाई इतिहाँस थाहै नै छ । संसारमा जनताको क्रान्तिकारी विचार माथि दमन गरेर क्रान्तिकारीहरु कहिल्यै सकिदैनन् । यात रुसमा लेनिनको नेतृत्वमा सन १९१७ अक्टोवर २४ मा विजय भएको रुसी क्रान्ति होस, यात सन १९४९ मा विजय भएको चिनीया क्रान्ति होस । रुसमा जार शाहको निरंकुश सरकार र चिनमा च्याङकाइसेकको फाशिष्ट सरकारले क्रान्ति रोक्ने ठुलो योजना बनाए, गाउँ बस्ती नरसंहारमा बदले तर पनि उनीहरु असफल भए ।
यस्तै नेपालको इतिहाँस पनि हामी सबैको अगाडी ताजै छ । जनताको शक्तिको अगाडी १०४ वर्षे निरंकुश राणाहरुको शासन पनि पतन भयो । ३० वर्षे निरंकुश पंचायत शासन पनि पतन भयो । पछिल्लो समय दश वर्षे जनयुद्धको जग र १९ दिने जनआन्दोलनको बलबाट निरंकुश राजतन्त्र पनि सदैको लागि पतन भयो । यो कुरा अहिले सत्तामा बसेका कम्युनिष्ट भनाउदाहरुले नबुझेका भने होइनन् । उनीहरु बुझेर पनि बुझ पचाउदै आफ्नो निरंकुश फासीवादी कदम चालिरहेका छन ।
प्रचण्ड संगै जनयुद्ध लडेका नेता नेत्रबिक्रम चन्द (विप्लव) क्रान्ति अधुरो भएको भन्दै क्रान्ति पुरा गर्नु पर्ने कुरा गर्छन । प्रचण्ड बाट अलग भएर नेपाल कम्युनिष्ट पार्टी गठन गरेका छन । उता प्रचण्ड चाहि क्रान्ति पुरा भएको भन्दै पुरानै दलाल संसदीय व्यवस्थाको पक्षमा उभिएका छन । जसले गर्दा सत्ता संघर्ष पुनः सुरु भएको छ । अहिले विप्लवले उठाउने एजेण्डा कुनै नयाँ छैनन् । जनयुद्ध सुरु गर्दा प्रचण्डले उठाएकै एजेण्डालाई निरन्तरता दिएका छन ।
त्यतिबेला जनयुद्ध सुरु गर्दा सर्वहारा वर्गिय सत्ता स्थापना गर्ने, दलाल संसदीय व्यवस्थाको अन्त्य गर्ने, बैज्ञानिक समाजवाद हुदै साम्यवादमा पुग्ने मुख्य एजेण्डा थिए । आज यिनै एजेण्डाहरु प्रचण्ड बादलहरुको एउटा हिस्साले छाडेर एमालेकरण भई संसदीय व्यवस्था तिर गएपछि नेपालमा राजनीतिक समस्या गहिरीदै गएको छ । यो समस्यालाई समाधान वार्ता संवाद र सहमतिबाट खोज्ने प्रयास गर्नु पथ्र्यो ।
तर त्यसो नभई अहिलेको सत्तामा भएका कम्युनिष्टधारीहरुले दमन अभियान चलाएका छन । यो समाधानको विकल्प होइन । यो त आगो माथी अझै घ्यू थप्ने कार्य हो ।
अव नेपालको राजनीतिक समस्या के हो ? राम्रो संग बुझ्नसक्ने नेता चाहिएको छ । आगो माथि घ्यू थपेर इतिहाँस दोहोर्याउने नेता चाहिएको छैन । दश वर्षे जनयुद्धमा संसदवादीदलहरुले नरसंगार मचाएकै हुन । प्रचण्ड बादल माथि आतंककारी घोषण गरी टाउकाको मुल्य तोकेकै हुन । सायद यो कुरा प्रचण्ड बालदहरुले राम्रो संग हेक्का राख्नुपर्छ । आतंककारी घोषण गर्ने, टाउकाको मुल्य तोक्नेहरु संग अहिले घाटी जोडेर जनतामाथी घात गर्नु किमार्थ राम्रो पक्ष होईन । यात जनयुद्ध गर्नु हामीले अपराध गर्यौ भनेर प्रचण्ड बादलहरुले भन्न सक्नुपर्छ । होईन भने त्यतिवेलाका एजेण्डा छोडेर जनतामाथी घात गर्नु, धोका दिनु राम्रो कार्य होइन ।
आफुले त राम्रो कार्य गर्न सकेनन् अरुले पनि गर्न खोज्दा अवरोध गर्न थाले । यसको ज्वलन्त उदाहरण नेपाल कम्युनिष्ट पार्टी माथीको दमन हो । त्यतिमात्र सिमित भएपनि एउटा हुन्थ्यो अझै जनयुद्धका एजेण्डा पुरा गराउने बाटोमा अगाडी बढेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथी प्रतिबन्ध लगाएका छन ।
एमालेले लगाउनु अन्यथा होइन, काङग्रेसले लगाउनु अन्यथा होइन, उनीहरुले माओवादी माथी हिजो पनि लगाएका थिए । आज पनि लगाउन सक्छन । तर प्रचण्ड बादलहरुले प्रतिबन्ध लगाउने कुरा कति सम्मको घात हो ? यो त इतिहाँसले समयक्रम अनुसार फैसला गर्दैजाने छ । तर पनि अझै चेतना छ भने विप्लवको राजनीतिक विचार र एजेण्डा माथी दमन होइन वार्ता सहमति र सहकार्यबाट समस्या समाधान खोज्ने प्रयास सरकारले गर्नुपर्छ ।
पंचायत, राणा शासनको झझल्को दिने गरी हत्या, हिंसा, धरपकड र गिरफ्तार गर्ने कार्य बन्द गर्नुपर्छ । वार्ता भन्दै दमन गर्ने नीति राज्यले लिनु हुदैन । निहत्या, निशसस्त्र कार्यकर्ता गिरफ्तार गरी दोहोरो मुठभेटको नाममा मारिनु हुदैन । यसले देशमा अर्को युद्ध निम्त्याउँछ । नेपालमा अहिले पनि माओवादी एजेण्डा पुरा नहुदा राजनीतिक समस्या ज्यूका त्यू छन । राजा हटाएर आँसिक परिवर्तन भएपनि जनयुद्धको उद्देश्य अनुसार परिवर्तन भएन ।
माओवादी एजेण्डा प्रचण्ड बादलहरुको समुहले छोडदा बित्तिकै माओवादी आन्दोलन सकिदैन । आज त्यसको नेतृत्व केवल विप्लवले गरेको हो । यदि विप्लवले पनि माओवादी एजेण्डा छोडे भने अर्को कसैले उठाउन सक्छ । त्यसैले नेपाल कम्युनिष्ट पार्टी माथी दमन गर्नु भनेको आफ्नै जन्माएको छोरालाई घाटी रेटेर मार्नु सरह हो प्रचण्ड र बादलहरुको । फेरी पनि राम्रो संग सोच्ने गरौं । राजनीतिक समस्या राजनीतिक तवरले हल गरौं । दमन गर्ने बाटो होईन सहमति खोज्ने बाटो रोजौं । सम्पादकीय