केपि सरकारको गिरफ्तारी र दमनले क्रान्ति रोकिदैनः दिनेश

क्रान्तिकारी जीवन एक यस्तो धातु हो जहाँ खिया नै लाग्दैन । चट्टान तर नरम ! पानी तर आगो ! घाम तर शितल ! दुख तर खुशी यि प्रक्रिया स्वभाविक हाम्रा लागि भोगाई हुन । प्रत्येक सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक, शताब्दी जहिले र जति खेर पनि क्रान्तिकारीलाई षड्यन्त्र हुन्छ र विपत्ति आई पर्छ एकिन हुदैन । तर क्रान्तिकारीमा सम्हालीन सक्ने र उच्च मनोवल सहित षड्यन्त्रकारीका विरुद्ध निर्मम निर्णय लिन सक्ने क्षमता हुन्छ ।

क्रान्तिकारी मानिसमा आउने दम सायद विरलै हुन्छ । इतिहाँसमा एक नम्बर शासक र बादसाह हिटलर,च्याङकाइसेक, करेन्स्कीहरु भन्नेहरु मिनेटमै ढलेको इतिहाँस हामी सवैले अध्ययन गरेकै हो । जनताको पक्षमा उठ्ने आवाज जहिले पनि शक्तिशाली हुन्छ र जनताको आवाज कुल्चन खोज्ने शासक वर्ग जहिले पनि हावाले उडाउने भुस हुदै आएको छ ।

जनताको वल भन्दा अर्को कुनै त्यस्तो तागत छैन संसारमा र हुनेवाला पनि छैन । एक छिनको भोगविलास र सेना प्रहरी वन्दुकको ट्रिगर हेरेर त्यो कुरा विर्सनु हुदैन । कि हामी नै सर्वश्रेष्ठ र हाम्रो सत्ता कसैले ढाल्न सक्दैन भन्ने सोच्नु गलत हुनेछ । यसलाई हामी मान्दैनौ । दलाल पुजीवादी संसदीय व्यवस्था जनताले ढाल्छ र सच्चा कम्युनिष्टले ढाल्नु पर्दछ । आजको अपरिहार्यता हो ।

अहिलेको सत्ता दलाल पुजिवादीहरुको हातमा छ । त्यसको गोटी कथित कम्युनिष्टको गुन्यु र पटुकी लगाएका उखाने केपि र कलाकार प्रचण्डले संचालन गरेका छन । उनका भारदार मन्त्रीले देशको श्रीसम्पत्ति जति घरकी श्रीमतीको खातामा मेल गर्ने काम गरेका छन । देशमा सामाजिक विचलन वढेको छ ।

भुकम्पले धरहरा ढलेजस्तै साँस्कृतिक विचलनताले संसदीय व्यवस्थाका ५ औं मर्यादाका महरा ढले उनी बाहिर उत्कर्समा ढले भित्र त कति ढलेका छन । सरकार भिखमाग्ने मगन्ते जोगी भै सक्यो । लाग्छ ओली अविवाहित हुदा हुनत विदेसीसंग अझ चिनियाँ संग रेल होइनकी गर्लफ्रेन्ड माग्थे होला । स्वाधिनता,राष्ट्रियताको मुद्धा त पुरानो होला जस्तो भैसक्यो । सरकार त सडकको अर्धचेत लुगा सम्हाल्नै नसक्ने मानसिक सन्तुलन गुमेको अधवैसे जस्तो छ ।

के ठिक ? के वेठीक ? के गर्ने ? के नगर्ने ? कहाँ जाने ? कहाँ नजाने ? के भन्ने ? के नभन्ने ? को मित्र हो ? को सत्रु हो ? को आफ्नो को पराई ? भन्ने यो संसदीय व्यवस्थाका नालायकहरुलाई केही मेसो भएको पाईदैन । आर्थिक विचलन र राजनैतिक विचलन, विचारको विचलन पराकाष्ठामा पुगीसक्यो । कम्युनिष्ट सरकार भन्न रहर मान्ने चटकेहरुको सुस्पष्ट दृस्टिकोणनै छैन ।

केवल आर्थिक र विकास । राजनीतिक लडाई सकियो । सवैले अधिकार पाईसके अब पालो समृद्धि र सुखी नेपाल भन्छन । उखानका सम्राट केपीलाई सिंगापुर किड्नीको उपचार गर्न पाए सवै सुखी नेपाली उता रामेलाई ज्वरो आउदा सिटामोल मेरो सरकरले दिन सकेको छैन भन्ने थाहै छैन । सुखी नेपाल होइन की दुखी नेपालीको सुखी प्रधानमन्त्री नारा सान्दर्भिक होला कि ?

संसारमा थुप्रै तानाशाहहरुको जन्म भयो र अन्त्य पनि । नेपालमै पनि तानाशाही शासकहरुले आफ्नो सत्ता चलाए विद्रोह गर्नेलाई गोली , जेलनेल, अपहरण र हत्या जस्ता निर्मम अमानवीय कार्यहरु नगरेका होइनन् । अनततः जनताको महासागरले उल्टाईदिएको इतिहाँस पनि अहिलेका सत्ता सम्हालेका कथित केपि पिकेलाई राम्रो संग थाहा छ ।

परन्तु हिजोको शाषित वर्गका नेता आजको शासक वर्गमा रुपान्तरण हुदा विगत सर्वहारा वर्ग , किसान, मजदुर र जनताको अधिकारका मुद्दा विदेशी रक्सी,घुम्ने कुर्सी र तातोमा चिसो चिसोमा तातो एसि डिसिको बाफमा विर्सिसकेका सत्ता पक्ष कथित कम्युनिष्ट जत्थाहरुको हुल सिंहदरवार र वालुवाटारमा राष्ट्रको सम्पति वाडिचुडी खान विल मिलाउन व्यस्त छन ।

विपि विचार समेत छोडेको कांग्रेस सत्ता भोग चलनमा छट्पटाई रहेको छ । सरकारलाई कसैले हान्दियोस भन्ने चाहन्छ । त्यही कांग्रेसका प्रदिपको माक्र्सवादी स्कुलिङ्ग लिन डबल नेकपामा लछार पछार छ । प्रदिपले दिने स्कुलिङ्ग कस्तो होला र लिने चेलाहरु कस्ता होलान ? यी कम्युनिष्टहरुलाई । महाकाली वगाएर कोशी खोज्नु पर्ने हो । त्यसको खोजिको लागि उता विद्घान भन्न रुचाउने वुिद्ध भ्रष्ट वावुरामलाई नै उपेन्द्रले पठाउदा ठिक होला कि ?

विप्लव नेतृत्वको नेकपा माथि दमन गर्न दलाल केपि र पिके न्वारनको वल लगाई नेकपा माथि फासिष्ट एंव जनविरोधी हर्कतमा उत्रिएका छन । भर्खरै दाङ्ग जिल्लाको राजपुरमा आफ्नो राजनैतिक कामको वैठक वसिरहेको वेला नेकपाका केन्द्रिय सदस्य विरजंग,सुवास , पाटन लगायत २१ जना जिम्मेवार नेता कार्यकर्तालाई संकटकालिन झझल्को दिने गरी गिरफ्तार गरेको छ ।

यो राज्यको फासिवादी रवैया हो । राज्य जवर्जस्त युद्ध निम्त्याउदै छ । त्यसको पछाडी आफ्नो असफलतालाई ढकछोप गर्ने र दोष नेकपालाई लगाउने प्रपञ्छ रच्दैछ भन्ने बुझ्न सकिन्छ । किनकी ? के विप्लव नेतृत्वको नेकपाले बन्दुक पट्कायर के प्रहरीमाथि आक्रमण गरेको छ ?

नताले वुझ्नु पर्दछ । नेकपाले त यो देशलाई वर्वात पार्ने संग लडिरहेको छ । यो साँचो हो । भ्रष्टाचार गरेर देशको अर्थतन्त्र स्वाहा पार्ने संग लडिरहेको छ । जनताको अधिकार स्थापित, राष्ट्रिय अर्थतन्त्रको विकास, नेपालका प्राकृति श्रोत साधन माथि विदेसीलाई देशको हित विपरित दिनु हुदैन, स्वास्थ्य, शिक्षा,रोजगार जनताले पाउनु पर्छ तर दलाल व्यवस्थाले दिन सक्दैन ।

त्यसको ठाउमा वैज्ञानिक समाजवाद चाहिन्छ भन्ने पार्टीको प्रष्ट विचार जनतालाई थाहै छ । उल्लेखित यि विषय को माग यो व्यवस्थाले दिन सक्दैन र मुद्धा उठाउने शक्तिमाथि दमन गरेर जनताका जाहेज मागलाई कमजोर पार्ने र आफ्नो लुट्को व्यवस्था टिकाउने अन्तर्गत नेकपा माथि दमन गरिरहेको छ ।

केपी पिके जति फासिष्ट र कुर वन्लान त्यतिनै चाडो उनहरुको सत्ताको अन्त्य अनिवार्य छ । हाम्रो क्रान्ति यहि सत्ताको अन्त्यको लागि हो । दमन, गिरफ्तार र यातनाले दलाल र फासिष्टहरुको सत्ता टिकेको देख्न पाइएको छैन । के ? केपि र पिकेको सत्ता टिक्ला ? दिन गन्ती सुरु गर्ने वेला आयो ।

दलालहरु क्रान्तिकारी पार्टी र जनताका अधिकारलाई वन्दुकले दवाउने कुचेष्टा गर्दै छन । भेला हुन पाउने आफ्नो विचार राख्न पाउने हक हामी माथि सुरक्षित हुदाहुदै पनि हामीले प्रतिवन्धित हुनु परेको यो संगिन मोडमा पाए नेतृत्वलाई गोलीले सिद्घाउने षड्यन्त्रमा केपि पिके र राम वहादुर प्रहरीलाई उचाल्दैछन । हाम्रो प्रहरी माथि कुनै गुनासो छैन ।

तर क्रान्तिकारीलाई गिरफ्तार गर्ने, नेतृत्वलाई इन्काउन्टरको नाममा सिद्घाउने आफ्नो पद वढुवा र अथाहा पैसा कुल्म्याउने सपना छ भने दिवा सपना हुनेछ । पुलिस दलालको पछाडि लाग्नु राम्रो होइन र हुने छैन । क्रान्तिकारी सधैं जस्तो सुकै परिस्थितिको र शक्तिको सामना गर्न सक्षम हुन्छन वुझ्न जरुरी छ । केपि र पिकेको सत्ताको आडमा क्रान्तिकारीलाई दमन गरेर भत्ता पाउने सपना पुलिसको सपना साकार हुने छैन ।

विदेसीको आडमा सत्ता टिकाउने केपि पिकेको सपना पनि दिवा सपना मात्र हुनेछ । क्रान्तिको ज्वारभाटाले नत सत्ता रहनेछ नत केपि प्रचण्ड्को सरकार रहनेवाला छ । नत क्रान्तिकारी लाई दमन गरेर गिरफ्तार गरेर पुलिसको फुली र भत्ता रहनेछ । जति गिरफ्तार गर ! जति मार !! झन हजारौ हजार जन्मिने छन !! यो एकीकृत जनक्रान्ती हो ।

(लेखक युवा संगठन नेपाल केन्द्रीय समितिका उपाध्यक्ष तथा पश्चिम कमाण्ड इन्चार्ज दिनेश विक हुन)

प्रतिक्रिया दिनुहोस