मंसिर ८,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले दलाल पुँजीवादको अग्रगामी निकास समाजवाद भएको दाबी गर्दै समाजवादका लागि नेपाल कम्युनिष्ट पार्टीलाई एकचोटी मौका दिन अपिल गर्नु भएको छ ।
शनिवार नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको निकास समाजवाद भएको भन्दै समाजवादका लागि नेकपालाई एकचोटी मौला दिन अपिल गर्नु भएको हो
उहाँले भन्नु भयो ‘नेपाल कम्युनिष्ट पार्टीलाई एकपटक मौका दिनुहोस्, केवल ५ बर्ष जतावाट हुन्छ यो देशलाई नेतृत्व गर्ने मौका दिनु होस्, दलाल पुँजीवादको निकास समाजवाद हो, समाजवादमा जाने हो । संविधान संशोधन गरेर जानु हुन्छ हामी तयार,जनमतसंग्रह गरेर जानु हुन्छ हामी तयार,तर तपाईले सुन्न हुन्न भने आन्दोलन जुनसुकै विकल्पवाट पनि समाजवादको विकल्प छैन ।’
महासचिव विप्लवले सम्पूर्ण संकटको निकास समाजवाद मात्र भएको जिकिर गर्दै भन्नु भयो ‘भ्रष्टाचारीको अन्त्य, दलालीको अन्त्य, तष्करीको अन्त्य,देशघातीको अन्त्य भनेको समाजवाद हो,नेपाली विशेषताको समाजवाद हो । समाजवादमा जानका लागि नेकपामाथि विश्वास गर्नुहोस् ।’
महासचिव विप्लवले नेकपाले सरकारको नेतृत्व गर्ने मौका पायो भने नेपालका सबै जाति,क्षेत्र,लिङग,महिला, दलित,उद्योगपति, सबैको नेतृत्व गरेर नेपाललाई स्वाधीन, समृध बनाएर उज्यालो भविष्यतिर डोर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाँले नेपालका युवाहरुलाई निरास बनाएर विदेश पठाउने काम राज्यले नै गरेको आरोप लगाउदै समाजवादमा कुनै पनि युवा रोजि रोटीको लागि विदेश जान नपर्ने बताउनु भयो ।
महासचिव विप्लवले नेपालमा प्रमुख समस्या दलाल पुँजीवादी व्यवस्था भएको भन्दै यो व्यवस्था नबदलेसम्म कुनै पनि नेपालीले सुख प्राप्त नगर्ने ठोकुवा गर्नु भयो ।