जनपत्रकार संगठन नेपाल बाँकेको जिल्ला भेला पुस २० गते हुने

 

८ पुस,बाँके । जनपत्रकार संगठन नेपाल बाँकेको जिल्ला भेला यहि पुस २० गते हुने भएको छ ।
वुधवार कोहलपुरमा वसेको जनपत्रकार संगठन नेपाल बाँकेको वैठकले जिल्ला भेला आयोजक समिति समेत गठन गर्दै भेलाको मिति तोकेको हो ।
बंैठकले कमल अधिकारीको संयोजकत्वमा ६ सदस्सीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ । जसमा भेला आयोजक समितिका सदस्यहरुमा किशोर शाही, यमुलाल कँडेल,दिनेश न्यौपाने, सरद ओली र रञ्जना शाही रहनु भएको छ ।
वैठकले राष्ट्रिय सम्मेलन र जिल्ला भेलाको तयारीमा लाग्न विभिन्न जिम्मेवारी समेत वाँडफाड गरेको छ ।

वैठकलाई नेकपाका केन्द्रीय सदस्य दिपकले सम्वोधन गर्दै मिडिया युद्ध आजको डर लाग्दो युद्ध भएको भन्दै पूजीवादीहरुले जनताका विरुद्ध भ्रामक प्रचार गर्ने गरेको वताउनु भयो ।


उहाँले त्यसलाई रोक्न, जनताको पक्षमा अथवा समाजवादको पक्षमा कलम चलाउन, जनपत्रकार आवश्यक हुने भन्दै त्यसको जिम्मेवारी जनपत्रकार संगठनले पुरा गर्ने विश्वास व्यक्त गर्नु भयो ।
वैठकमा जनपत्रकार संगठनका केन्द्रीय सदस्य वसन्त विकले पत्रकारिता पनि वर्गीय हुने हुदा जनताको पक्षमा पत्रकारिता गर्नु महत्वपूर्ण पक्ष भएको प्रष्ट्याउनु भयो ।
उहाँले संगठनको आगामी माघ ११,१२ र १३ गते हुने राष्ट्रिय सम्मेलन र पुस २० गते हुने पत्रकारको जिल्ला भेलाको पूर्ण तयारीमा लाग्न सहभागीहरुलाई निर्देशन दिनु भयो ।

वैठकमा नेकपाका केन्द्रीय सदस्य दिपक,नेकपा बाँके सेक्रेटरी अनिल,जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष वसन्त विक सहभागी रहनु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस